२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

४ सय लिटर मदिरा नष्ट

सर्लाही प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय बरहथवाले विभिन्न समयमा गरेको सबारी चेकजाँच तथा विभिन्न ठाउँमा फेला पारेको बेवारिसे अवस्थाको २५ ग्यालेन अवैध लोकल मदिरालाई नष्ट गरेको हो।

इलाका प्रहरी कार्यालयको टोलीले बरहथवा नगरपालिका– ५ स्थित खोलाको बालुवामा स्थानीय जनप्रतिनिधि, पत्रकार तथा समाजसेवीको रोहबरमा खन्याएर नष्ट गरेको हो। नष्ट गरिएको अवैध मदिराको मूल्य करिब एक लाख साढे बार हजार रूपैयाँ भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी मकेन्द्र मिश्रले जानकारी गराएका छन्। अवैध मदिरा उत्पादन तथा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउन कडाइका साथ प्रहरी सक्रियता बढाइएको डिएसपी मिश्रले बताएका छन्। बरहथवा बजार क्षेत्रमा अवैध मदिरा उत्पादन नभए पनि बरहथवा बजारमा सजिलै अवैध लोकल मदिराको ओसारपसार भइरहेको तथा साना होटलमा अवैध लोकल मदिराको बिक्री वितरण भइरहेको पाइएको छ। 

प्रकाशित: २७ वैशाख २०८० ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App