५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ।

स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरे। सो अवसरमा उनले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ।

‘दण्ड-जरिवाना गराउने कानुनभन्दा नैतिकवान् बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौं’, उनले भने, ‘हजारौं वर्षदेखि मानिस एक अर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौं। त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो।’

एक हजार दुई सय वर्षअघि बुद्ध धर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पुर्‍याएका ‘गुरु पद्मसंभव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान’को अवतारका रूपमा पुज्ने गरेका छन्।

बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि ७० लाख २० हजार रुपैयाँ लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए।

उनका अनुसार दुप्चेश्वर गाउँपालिका र वाग्मती प्रदेश सरकारमार्फत करिब ३८ लाख रुपैयाँ प्राप्त भएको र बाँकी ३२ लाख रुपैयाँभन्दा बढी रकम स्थानीयवासीले चन्दा संकलन गरेर मूर्ति निर्माण गरिएको हो।

‘बेतिनीका छ सयभन्दा बढी घरधुरीको साझा सम्पदाका रूपमा निर्माण गरिएको पद्मसंभवको मूर्ति नै यस क्षेत्रको पहिलो र बौद्धमार्गीको एकमात्र आस्थाको केन्द्र हो’, दुप्चेश्वर गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका उनले भने, ‘पद्मसंभवको मूर्तिसँगै अब प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको यहाँको छेवाङ ग्लान ङारछ्यालिङ गुम्बाको निर्माण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रको स्थापना गर्ने लक्ष्य छ।’

बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि ७० लाख २० हजार रुपैयाँ लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए।

उक्त स्थान नजिकै कुण्ड र डम्फूपार्कको समेत स्थापना गरिएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मुबिन्द्रसिंह तामाङले बताए।

बुद्ध जयन्ती पर्वका अवसर बनाई विशेष पूजाआरधनासहित निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्धगुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौ जना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो। तीन दिनसम्म सञ्चालित पूजाको समापन आज हुँदै छ।

उक्त समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले बताए।

जिल्लाको विकट र तामाङ-शेर्पा समुदायको बसोबास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसंभवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा.प्रकाशरण महत हेलिकोप्टरमार्फत कार्यक्रमस्थलमा पुगेका थिए।

उक्त अवसरमा उनले सम्बोधन गर्दै सो स्थानसम्म पुग्ने निर्माणाधीन त्रिशूलीस्थित गङ्गटेबाट समुन्द्रटार हुँदै गोल्फुभञ्याङसम्म जोड्ने सडक कालोपत्र गर्न आवश्यक बजेट समावेश गर्न लागेको र काठमाडौंबाट शिवपुरी (खोलेगाँउ, महाकाली) हुँदै सिधै दुप्चेश्वरसम्म पुग्ने सडकको ट्रयाक निर्माण गरिने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी उत्साहित छन्।

प्रकाशित: २४ वैशाख २०८० ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App