२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भोलिसम्म माग पूरा गर्ने सरकार र महावीर पुनबीच सहमति

तस्बिर: रक्षामन्त्री खड्काको सचिवालय।

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने भएको छ।

आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने सहमति भएको हो।

सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए।

उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनलगायतबीच सिंहदरबारमा आज दिउँसो छलफल भएको थियो।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए।

प्रकाशित: १७ वैशाख २०८० ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App