१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।  

आज  दिउँसो सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ।  

त्यस्तै आज राती  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित: १५ वैशाख २०८० ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App