२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकारितामा सिद्धान्त छोड्नु मृत्यु सरह

पुराना पत्रकार एवं वरिष्ठ नाटयकार जीतबहादुर देउजा (विजय विस्फोट) ले पत्रकारले पत्रकारिताको सिद्धान्त छोड्नु सिंगो पत्रकारिता नै मृत्युमा पुग्नु सरह रहेको बताएका छन्।आफनो सम्मानमा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले शनिबार गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले पत्रकारिताको सिद्धान्त नछोडनु पत्रकारिताको परम धर्म रहेको बताए।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभूषित हुन सफल भएकोमा जिल्लाबासीको तर्फबाट उनलाई बधाई तथा सम्मान गरेको थियो।स्वतन्त्र पत्रकार संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी र जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजूले संयुक्त रुपमा विभूषित विस्फोटलाई खादा ओढाई प्रमाणपत्र दिएर सम्मान गरेको थियो।

विभूषित विस्फोट भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुबासी हुन्।जिल्लाको तर्फबाट विभूषित हुन सफल भएकोमा उनलाई बधाई तथा सम्मान गरेको हो।नाटक क्षेत्रमा चार दशक विताएका विस्फोटलाई नाटक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप विभूषित गरेको थियो।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार डा इन्दुल केसीले स्वतन्त्र पत्रकारितामा जोड दिए।उनले व्यक्तिले जुनसुकै विचार राख्न पाउने तर त्यो पत्रकारितामा समाचार लेख्दा पोख्न नपाउने बताए।

संघका केन्द्रिय पार्षद् स्वतन्त्र पत्रकार कृष्ण किसीले पत्रकारिताको स्वच्छतामा जोड दिए।पत्रकारिता पेशा सम्मानित पेशा भएको भन्दै उनले पत्रकारिता स्वच्छ हुनुपर्ने बताए।कार्यक्रममा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरका सचिव प्रेम प्रजापति, सदस्य रामकृष्ण प्रजापति लगायतले पत्रकारिताको महत्वबारे चर्चा गरे।कार्यक्रममा हालै निर्वाचित स्वतन्त्र पत्रकार संघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा पहिलाको कार्यकालमा पदाधिकारी रहेर योगदान गर्नेहरुलाई कृतज्ञता प्रमाणपत्र प्रदान गरिएको थियो।साथै सल्लाहकारहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। 

प्रकाशित: ९ वैशाख २०८० १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App