२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रवि लामिछानेका गाडी चालकको अवस्था गम्भिर, अझै होस खुलेन

भरतपुर महानगरपालिका– ११ स्थित भाडामा लिइएको सभापति रवि लामिछानेको घर। तस्बिर: नागरिक

आइतबार बिहान तीन तला घरबाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको अवस्था अझै गम्भीर छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको होस खुलेको छैन। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सभापति लामिछानेका चालक हुन।

उनी सोमबार बिहान करिब ४ बजे भाडामा लिइएको भरतपुर महानगरपालिका– ११ स्थित लामिछानेको घरको तेस्रो तलबाट खसेको अवस्थामा भेटिएका थिए। आज बिहान ३ः ५४ मिनेटमा घरको दोस्रो तलाबाट खसेर गम्भीर घाइते थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो।

‘उहाँको अहिलेसम्म होस आएको छैन। हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं’, मेडिकल कलेजका उपनिर्देशक डा.सुदिप केसीले नागरिक न्यूजसँग भने। उनका अनुसार थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ।

प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ड्राइभर दिलबहादुर थापासँग आइतबार रातिसँगै सुतेका रास्वपा महामन्त्री ढकालका ड्राइभ कालुराम राजवंशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी र रवि लामिछानेका क्यामेरा मेन कुशल राईलाई प्रहरीले सोधपुछका लागि बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सभापति लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएपछि घटनाको छानबिनका लागि बोलाएको हो। तर, उनीहरुलाई नियन्त्रणमा लिने नलिने बारे सोधपुछपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार, महामन्त्री ढकालका ड्राइभर राजवंशी र लामिछानेका ड्राइभर थापा एउटै कोठामा सुतेका थिए। कहिले काहीँ उनी राति उठेर हिँड्ने समस्या रहेको बताइएको छ।

त्यस्तै घरमा रवि लामिछाने, उनकी श्रीमती निकिता पौडेल, रास्वापाका केन्द्रीय सदस्य दीपक बोहोरा, उनकी श्रीमती, क्यामेरा मेन दीपेन्द्र तामाङ,कुशल राई, मुकुल ढकालका ड्राइभर कालुराम राजवंशी र असिस्टेन्ट अस्मिता लामिछाने रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८० ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App