६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

अवैध दुई क्विन्टल काजु र २० लाख नगतसहित एक पक्राउ

स्रोत नखुलेको २० लाख नगद र काजु सहित नियन्त्रणमा लिएको ट्र्याक्टरको चालक अन्सारी।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा र सुरक्षा वेश पोखरियाले मंगलबार ट्र्याक्टरको टेलरमा लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्विन्टल काजु सहित ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका ५ का ट्र्याक्टर चालक अलिम मियाँ अन्सारी रहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति सुमन थपलियाले बताएका छन्।

अवैध रूपले भारतबाट भित्र्याइएर भण्डारण गरिएको खाद्यान्न सामग्रीलाई ट्र्याक्टरको टेलरमा लोड गरेर वीरगन्ज तर्फ लग्दै गरेको सूचनाको अधारमा पोखरीय नगरपालिका ३ बसतपुरमा चेकजाँचको क्रममा आईचर कम्पनीको नम्बर प्लेट नलेखिएको ट्र्याक्टरबाट २० लाख नेपाली रुपैयाँ र दुई क्विन्टल काजु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति दीपक शाहले बताए।

पर्साको भिस्वा नाकाबाट काजूलाई भित्र्याएर वीरगन्जसम्म ढुवानी गर्न ट्र्याक्टरलाई प्रयोग गरिएको र काजुलाई लोड गरिएको ट्र्याक्टरकै टेलरको पेटीमा २० लाख नेपाली रुपैयाँ समेत राखिएको अवस्थामा फेला परेको शाहले बताए।

बरामद गरिएको नियन्त्रणमा लिएको ट्याक्टर सहित चालक, नगद र काजुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको शाहले बताए।

प्रकाशित: २९ चैत्र २०७९ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App