नवलपरासी–कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा परेको छ ।
केन्द्रदेखि गाविस स्तरसम्म संरचना विस्तार गरेर वि.स १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा मेवाइल र इमेल इन्टरनेटको विकास भएपछि संकटमा परेको हो।
नवलपरासीको गैडाकोटमा रहेको इलाका हुलाक कार्यलयमा पनि पहिलाको जस्तै चिठ्ठी आदान प्रदान गर्ने कार्यमा कमी आएको छ । हुलाकमा सरकारी कार्यलयका चिठ्ठीपत्र र सामान पठाउनु बाहेक अरु केही काम हुन सकेको छैन्।
अहिले चिठ्ठीपत्र आदानप्रदानको काम मोवाइल र इमेल इन्टरनेटबाट हुने गरेको छ। समय सापेक्ष आफ्नो सेवालाई विस्तार गर्न नसक्नु र सोही अनुसारको व्यवस्थापन नहुदा हुलाक सेवा संकटमा परेको हो ।
२०३९ सालमा अतिरिक्त हुलाकको रुपमा स्थापना भएको हुलाक २०५१ देखि इलाका हुलाक भएको हो। पहिले ८ जना कर्मचारी रहेको हुलाक मा अहिले २ जना मात्र कर्मचारी रहेका छन्। थोरै भएपनि चिठ्ठी र सामान आउने भएको हुनाले हुलाक कार्यलयका कर्मचारी उदयप्रसाद रिजालले बताए। नवलपरासीमा १५ ओटा इलाका हुलाक रहेको छ । प्रत्येक गाविसमा अतिरिक्त हुलाक रहेका छन्। ती हुलाकको अस्तित्व संकटमा परेको हो।
हुलाक सेवाको संरचना गाउँ तहसम्म रहेकाले चिठीपत्र पठाउन छाडेपछि हुलाकको नयाँ भूमिकाको खोजी र पुनःसंरचना गरिनुपर्नेे आबश्यकता देखिएको छ ।
प्रकाशित: २० पुस २०७३ ०५:२४ बुधबार