२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘हाटबजार’मा बिषादीयुक्त भारतिय तरकारी बेच्न रोक

स्थानिय ताजा तरकारी बिक्री हुदाँ उपभोक्ता र स्थानिय किसान खुशी

फाइल तस्बिर

धनगढी बजारको केन्द्र एल एन चोक नजिकै बनदेवी मन्दिरको छेउमा साताको तीन दिन लाग्ने ‘हाटबजार’मा याहाँका प्रायजसो सवै गृहीणी, कर्मचारी,विद्यार्थी लगायतका उपभोक्ताहरु तरकारी खरिद गर्न आउने गर्छन। तरकारी खरिद गर्ने सयौ उपभोक्ताको भिड लाग्ने भएकाले तरकारी र फलफुल बिक्री गर्नेको पनि तछाडमछाड हुने नै भयो।

भारत बाट ल्याइएका तरकारी र फलफुलले हाटबजार स्थल भरिभराउ हुदाँ आफ्नो खेतवारीमा उव्जाएर बिक्री गर्न आउने किसानलाई स्थान र मुल्य पाउन सकस थियो। भने सस्तो र आकर्षक देखेर  भारतबाट ल्याइएको तरकारी आफ्नो भान्सामा लगेर उपभोक्ताहरु उल्लेख्य मात्राको बिषादी भएको तरकारी खान बिबस थिए। तर धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएका तरकारी, फलफुल हाटबजारमा बिक्री गर्न रोक लगाएपछि भने याहाँको परिदृष्य बदलिएको छ।

‘मलाई त यो धेरै राम्रो लाग्यो। भारतबाट आएको बिषादी मिसाएको तरकारीको सट्टा हामी उपभोक्ताले पनि ताजा तरकारी खान पाउने भयौं। भारत जाने पैसा स्थानीय किसानले पाउने भए’हाटबजारमा तरकारी किन्न आएकी विद्यार्थी सम्झना भाटले भनिन्। भारतबाट आउने तरकारीमा कति बिषादी मिसाइएको छ भन्ने कसैलाई थाह हुदैन। भारतिय तरकारी सस्तो र हेर्दा आकर्षक हुने भएकाले पहिले हाटबाजरमा आउने अधिकांश उपभोक्ताले त्यहि तरकारी किन्ने गरेका थिए।

‘भारतबाट आएको तरकारीमा बिषादी प्रयोग हुन्छ, अनि हाम्रो पैसा पनि भारत जान्थ्यो,’उनी सँगै रहेकी आशा कठायतले थपिन्,‘हाटबजारमा भारतबाट ल्याइएको तरकारी बिक्री गर्न रोक लगाउदाँ हामी उपभोक्ता र किसान दुवैलाई फाईदा पुगेको छ।’

भारतबाट बिषादी मिसाएको तरकारी बेच्ने बिचौलियाहरुका कारण स्थानिय किसान मार्कामा परेकाले धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएको तरकारीलाई हाटबजारमा बिक्री गर्न रोक लगाएको उपमहानगरपालिकाका कृषी शाका प्रमुख लोकराज उपाध्यायले बताएका छन। ‘भारतबाट ल्याइएको तरकारी बिचौलियाले हाटबजारमा बिक्री गर्दा एकातिर स्थानिय किसानले उब्जाएको तरकारी बेच्न नपाउने र अर्कोतिर नगरवासीले बिषादी प्रयोग भएको तरकारी खानुपर्ने समस्या थियो’उनले भने,‘उपभोक्ता र किसान दुवैको हितका लागी यो निर्णय लागु गरिएको हो।’

प्रत्येक वडा कार्यालयको सिफारिसमा उपमहानगरपालिकाले किसानलाई परिचय पत्र उपलब्ध गराउने गरेको छ। परिचय पत्र भएको किसानले मात्र हाटबजारमा तरकारी लगायतका आफ्ना उत्पादन बेच्न पाउने उनले बताए। अहिले सम्म करिव १ जना किसानलाई परिचय पत्र उपलव्ध गराईसकेको उनको भनाइ छ।

‘भारतबाट ल्याएको तरकारीले हाटबजार भरिएको हुन्थ्यो, हामी आफ्नै वारीमा तरकारी उव्जाएर बिक्री गर्ने किसानले ठाउँ पाउन पनि गाह्रो हुन्थ्यो, तरकारीको मुल्य नै पाउदैनथ्यौं’स्थायिन किसान फुलमती चौधरीले भनिन्,‘मेयरसापले हामी जस्तो किसानका लागी धेरै राम्रो गरिदिनु भएको छ।’

स्थानीय किसानको तरकारी ‘अर्गानिक’

भारतबाट ल्याइने तरकारी जाँच नगरि बजारमा बिक्री हुने गरेका छन्। भारतबाट ल्याइने तरकारीमा बिषादी धेरै हुने जानकारहरु बताउछन्। भारतबाट ल्याइने तरकारीको तुलनामा नेपालमा स्थानिय किसानले उत्पादन गर्ने तरकारी धेरै गुणस्तरिय हुने बिज्ञहरु बताउँछन्।

प्रदेश कृषी निर्देशनालयका सुचना अधिकारी केशव पाण्डेय भारतबाट ल्याएको तरकारी भन्दा स्थानिय किसानले बिक्री गर्ने तरकारी ताजा र गुणस्तरिय रहेको बताउँछन्। ‘भारतमा किसानले उत्पादन बढाउन रसायनिक मल, बिषादी धेरै प्रयोग गर्ने गर्छन, आकार ठूलो बनाउन बिभिन्न प्रकारका हर्मोन पनि प्रयोग गर्ने गरेका छन’उनले भने,‘भारतबाट ल्याइने तरकारीको भन्दा याहाँको किसानले उत्पादन गर्ने तरकारी ताजा र गुणस्तरिय हुन्छ।’ धेरै दिन सम्म ताजा राख्ने रसायन पनि प्रयोग हुने गरेको उनको भनाइ छ। ‘याहाँ एक डेढ बिगाह जमिनमा मात्र तरकारी उत्पादन गर्ने किसानले त्यस्तो धेरै बिषादी, रसायनिक मल, हर्मोन र केमिकल प्रयोग गर्ने गर्दैनन्’उनी भन्छन,‘स्थानिय उत्पादन खानु उपभोक्ताको लागी धेरै फाईदाजनक छ।’ धनगढी उपमहानगरपालिकाले हाटबजारमा बिषादी प्रयोग भएका भारतिय तरकारी प्रतिबन्ध लगाएर उदाहरणिय काम गरेको उनको भनाइ छ।

प्रकाशित: २२ चैत्र २०७९ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App