७ वैशाख २०८१ शुक्रबार
समाज

लाइसेन्स फारम लिन मध्यरातदेखि लाइन (भिडियो)

रातिदेखि लाइनमा बसेका एक सेवाग्राही निद्राले हाइ काड्दै। तस्विरः प्रबीन कोइराला

काठमाडौं– कीर्तिपुरका ललित भण्डारी सवारी चालक लाइसेन्सको फारम लिन लाइन बस्न बिहान ३ बजे यातायात व्यवस्था कार्यालय पुगे। जाडोले सिउसिउ गर्दै सबैभन्दा अगाडि लाइन बस्ने लक्ष्य सहित एकान्तकुना पुगेका उनी त्यहाँ पुगेपछि तीन छक्क परे।

‘कस्तो अचम्म,’ आश्चर्य भावमा उनी बोले। 

‘साँच्चै यो अड्डा सरकारी कार्यालयमा हुने बेथितिको नमुनै रहेछ’, लाइसेन्स आवेदन दिन आएका एक जना चार्टट एकाउन्टेन्ट रमेश सत्यालले नागरिकन्युजसँग भने, ‘दलाल, घुस र अव्यवस्था मात्र भएको यहाँ अाइपुग्ने जो कोहीले  सेवाको नाउँमा यातना पाउने रहेछ ।’

राति नै पुग्दा समेत उनीभन्दा अगाडि करिब ४० जना जति लाइनमा पहिलै थिए। ‘कति बजे आइपुग्नु भयो ?,’ उत्सुकता थाम्न नसकेपछि लाइनमा बसेका एक जनासँग उनले सोधे। ‘हामी त हिजै बेलुका ६ बजे आएर यहीँ नजिकै बास बसेका थियौं, यहीँ खाना खायौं, सुत्यौं, अनि राती नै उठेर लाइनमा आयौं,’ काठमाडौं नैकापबाट अघिल्लै दिन पुगेका कृष्णबहादुर कार्कीले सुनाए। 

लाइसेन्स फारम भर्ने लाइनमा बसेका अर्का सेवाग्राही ललित निकै तनाबमा देखिन्थे। ‘थुइक्क ! बरु बिहान ६ बजे आएको भए सुत्न त पाइन्थ्यो,’ उनले पछुतो मान्दै भने। अर्काको फारम भरिदिने ठेक्का लिएका बिचौलियाहरु लाइनको बीचबीचमा छिर्दा उनी लाइनको पछाडि धकेलिएका रहेछन्। 

'सेवा होइन यातना दिने अड्डा'
सरकारी सेवा लिन अघिल्लै दिनदेखि रात बिताउनुपर्ने यो वास्तविकता एकान्तकुनास्थित बागमती यातायात कार्यालयको दैनिकी हो। यहाँ लाइसेन्सको फारम पाउनु एउटा ठूलो युद्ध जित्नु जस्तै हो। यही बेथिति थाहा पाएका सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्छन्। फारम दर्ता गराउँछन् र पाइलैपिच्छे अनियमितता र अव्यवस्था झेल्दै लाइसेन्स प्राप्ति प्रक्रियामा सामेल हुन्छन्। 

‘साँच्चै यो अड्डा सरकारी कार्यालयमा हुने बेथितिको नमुनै रहेछ’, लाइसेन्स आवेदन दिन आएका एक जना चार्टट एकाउन्टेन्ट रमेश सत्यालले नागरिकन्युजसँग भने, ‘दलाल, घुस र अव्यवस्था मात्र भएको यहाँ अाइपुग्ने जो कोहीले सेवाको नाउँमा यातना पाउने रहेछ।’

यातायात कार्यालयले एक दिनमा ४ सय फारम वितरण गर्छ। त्यतिभित्र नपरे सर्वसाधारणले भोलिपल्ट फेरि आएर लाइन बस्नुपर्ने हुन्छ। बिहान ८ बजेदेखि वितरण हुने फारम पाउन सर्वसाधारण अघिल्लै दिनदेखि सोही क्षेत्रमा बास बस्ने गरेका हुन्। 

यातायात कार्यालयमा सेवाग्राहीको भीड मात्रै छैन। यहाँ पैसा असुलेर फारम भरिदिनेहरु, कर्मचारीसँग सेटिङ मिलाएर लाइसेन्स निकाल्दिन्छु भन्नेहरु प्रशस्तै भेटिन्छन्। प्रतिव्यक्ति ५० रुपैयाँ असुलेर लिखित परीक्षाको नतिजा फोनमा बताइदिने अवैध ठेकेदार पनि पाइन्छन्। कार्यालयले लिखित परीक्षाको नतिजा कहिले वेबसाइटमा राख्छ कहिले राख्दैन। यो अव्यवस्थाको नाजायज फाइदा उठाएर दलालले दैनिक झन्डै २० हजार रुपैयाँ कमाइ गर्छन्।

त्यतिमात्रै होइन कार्यालय परिसर भित्रै र वरिपरि फोटो खिच्ने, फारम भर्ने, लाइसेन्सको परीक्षाका लागि सामग्री बेच्नेहरुको महँगो व्यापार पनि राम्रैसँग चलिरहेछ।
‘हामीले १४ जना बिचौलियालाई पक्राउ गरिसक्यौं। यो क्षेत्रको अस्तव्यस्थता रोक्न यहाँको हाट हटाउन ललितपुर उपमहानगरपालिकासँग समन्वय गरिरहेका छोैं’, कार्यालय प्रमुख यादब भन्छन्।

अनलाइन फारम उत्तम विकल्प

यातायात कार्यालयले भिड व्यवस्थित गर्न अनलाइनबाट फारम बुझ्ने प्रणाली समेत नबनाउँदा सर्वसाधारण अघिल्लै दिनदेखि लाइन बस्न विवश भएका हुन्। तीन वर्षअघि सरकारले यातायात सहित सेवाग्राही भिड हुने कार्यालयहरुलाई डिजिटलाइज्ड गर्न एशियाली विकास बैंकको सूचना तथा प्रविधि कार्यक्रम भित्र्याएको थियो। यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ स्रोतको अभावमा सर्भर राख्न नसक्दा अनलाइन सेवा सुरु हुन नसकेको बताउँछन्।

‘सर्भर राख्न स्रोत अभाव छ। सेवाग्राहीको संख्याको अनुपातमा जनशक्ति थोरै छ। त्यही भएर भिड बढी देखिएको हो’, उनले भने, 'यसलाई व्यवस्थित गर्न चाबहिल, भक्तपुर र कलंकीमा नयाँ कार्यालय स्थापना गर्दैछौं।'

तस्विर तथा भिडियोः प्रबीन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App