१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिंदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।

पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा ग १ ख ७१०८ नं को बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नं को स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए। बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रकाशित: ३ चैत्र २०७९ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App