५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा सीमा क्षेत्र विकास कार्यक्रम लागू

रत्ननगर (चितवन)– भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि चितवनमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू गरिएको छ ।

प्रारम्भिक चरणको छलफल सकेर सुरु गरिएको यो कार्यक्रमका लागि रु ७६ लाख बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

भारतीय सीमासँग जोडिएका स्थानीयवासीको आयआर्जन, सीप विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरी कार्यक्रम सञ्चालन भएको उहाँले बताए।

भारतको तुलनामा नेपालको सीमा क्षेत्र कमजोर भएकाले त्यो खाडल पूर्ति गर्न यो कार्यक्रम सीमा जोडिएका माडी नगरपालिकाको वडा नं २, ३, ४, ६, ९, १०, ११ र १२ मा लागू गरिएको हो ।

सो क्षेत्रका्े मागअनुसार थप कार्यक्रम चलाइने जिल्ला विकास समितिले जनाएको छ । मुख्यगरी सीमाको भारतीय क्षेत्रभन्दा नेपालको क्षेत्रका बासिन्दा मानव विकास सूचकाङ्कमा पछि परेको, गरिब तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको पाइएकाले कार्यक्रम ल्याइएको स्थानीय विकास अधिकारी पोखरेलले बताए।

यसरी कार्यक्रम लागू भएका जिल्लामा चितवनसहित सीमा जोडिएका, झापा, मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कार्यक्रम यसै वर्ष सो कार्यक्रम सञ्चालन हुने योजना अधिकृत प्रकाश पौडेलले बताए।

सो विषयमा कात्तिक अन्तिम साता सम्बन्धित जिल्लाका अधिकारीहरुको छलफल भएको थियो । रासस

प्रकाशित: ६ मंसिर २०७३ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App