२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न नगर’ बनाइने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित नियमित सरसफाइ र हरियाली प्रवद्र्धन अभियानको एक सय औं श्रृखलामा विशेष अभियानहरु संचालन गर्ने भएको छ।

चैत १ गते एक सय औं श्रृखलाको अवसर पारेर बृहत मानव साङ्लो सहित सरसफाइ गरी तिलोत्तमालाइ ‘नो हर्न नगर’ घोषणा गरिने नगरप्रमुख रामकृष्ण खाणले बताए। नगरपालिकाले संचालन गर्दै आएको नियमित सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानको ९९ श्रृखला पुरा भएको अवसर पारेर गरीएको पत्रकार सम्मेलनमा नगरप्रमुख खाणले नगरलाइ स्वच्छ,सफा,सुन्दर र हरियाली बनाउन जनसहभागीता मुलक कार्यक्रमहरु संचालन गरेको जानकारी गराए। 

विद्यालय स्तरीय वक्तित्वकला तथा प्रदर्शनी प्रतियोगिता,नगरस्तरीय सरसफाइ तथा रक्तदान,कलेज/विद्यालय परिसर र सौचालय सरसफाइ,लक्षित समुदायका लागि १ थान कम्पोष्टविन वितरण लगायतका कार्यक्रमहरु गरीने उनले बताए। सरसफाइ अभियानलाइ दिगो  र प्रभावकारी बनाउन चैत १ गते देखि कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गरीने जानकारी दिए।

हरियाली अभियान अन्तर्गत नगरपालिकाले एक घर एक बिरुवा र नगरका सबै नागरिकलाइ आफनो जन्म दिनको अवसरमा एउटा बिरुवा रोपेर मनाउन आग्रह गर्दै यसलाई अभियानकै रुपमा संचालन गर्न लागेको नगरप्रमुख खाणले बताए।

नगरको विकास र समृद्धिका लागि सरसफाइ,स्वच्छता र हरियाली आधारभुत तत्वहरु भएको उल्लेख गर्दै उनले नगरबासीको व्यापक जनसहभागीताबाटै अभियानलाइ सफल बनाइने बताए। सरसफाइ अभियान संगै छाडा चौपाया र सामुदायिक कुकुरको व्यवस्थापन तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि  छिमेकी पालिकाहरुसंग पनि समन्वय सहकार्य गरेर अगाडी बढ्ने उनले बताए।

तिलोत्तमामा २०७४ को साउन देखि सुरु भएको समुदायमा आधारित सरसफाइ अभियान हरेक महिनाको १ र १५ गते संचालन हुन्छ। यो अभियानमा नगर भित्र रहेका १९९ वटा टोल विकास संस्थाहरुसंग पनि सहकार्य गरीएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जनाकारी दिए। नगरमा ४० जना सरसफाइकर्मीहरु रहेको बताए। यो नगरमा दैनिक २८ टन फोहर संकलन हुने गरेको नगरपालिकाले जनाएको छ।  

प्रकाशित: २५ फाल्गुन २०७९ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App