इलाम- जिल्लाको महमाई गाविसमा पहिरोसँगै झरेको रुखले किचेर २ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि पहिरोसँगै आएको रुखले किच्दा बाटोमा मोटरसाइकल कुदाइरहेका महमाई २ का ३० वर्षे कुमार दर्जी र स्थानीय १८ वर्षे हिमाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैको घटनास्थल महमाई ३ गोतामेटारमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले जानकारी दिए। त्यही पहिरोले पुरेर बाटोमा हिँडिरहेकी झापा राजगढकी ४० वर्षीया फूलमाया गहतराज घाइते भएको र उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको यादवले जनाए।
प्रकाशित: २६ आश्विन २०७३ ०७:१९ बुधबार