२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा एक वर्षमा ७४ जनाको हत्या

प्रदेश १ मा सन् २०२२ मा ७४ जनाको हत्या भएको इन्सेकले जनाएको छ। 

सोमवार विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम गरी इन्सेकले सन् २०२२ मा प्रदेश १ मा ७४ जनाको हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको हो।

सन् २०२२ मा प्रदेश १ मा  विभिन्न घटनामा ९ सय ७० जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट ९ सय १८ जना पीडित भएको बताए। 

महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

यस वर्ष प्रदेश १ मा अपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बाल अधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिला अधिकारका घटनामा ४ सय ५७जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन्।

सन् २०२२ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७ जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ। राज्य पक्षबाट भएका पाँच वटा घटनामा ३१ जना र अन्य पक्षबाट भएका तीन प्रकारका घटनामा १६ जना पीडित भएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७९ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App