२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मधानी महोत्सवमा कुस्ती हेर्ने दर्शकको घुइचो

रौतहटको मौलापुर नगरपालिका ५ पतौरास्थित मधानी महोत्सवको अन्तिम दिन कुस्ती प्रतियोगिता भएको छ। नेपाल र भारतका विभिन्न प्रान्तबाट आएका कुस्तीबाजको प्रतियोगिता हेर्न आइतबार लाखौँ दर्शक ओइरिएका छन्।  

मौलापुर नगरपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगितामा अपेक्षाभन्दा निकै धेरै दर्शक आइपुगेका हुन्। भारतका प्रख्यात कुस्तीबाजको प्रतियोगिता नेपाली खेलाडीसंग हुने भएपछि प्रतिस्पर्धा हेर्न र नेपाल र भारतबाट लाखौँ दर्शक पुगेका हुन्।

भारतको बिहार र उत्तर प्रदेशका विभिन्न पहलवानका साथै मध्यप्रदेशबाट बाबा नायक, काला तोता, बगड, भीम, सन्तोष, पिन्स, कल्लु पहलवानले मेलामा प्रतिस्पर्धा गरेका छन्। यसै गरी राजस्थानका ठाकुर जल्लाद सिंह, सुरेन्द्र सिंह ठाकुर, ठाकुर भुपेन्द्र सिंह, सैतान सिंह, अजित, मंगल तथा जितेन्द्र पहलवानले कुस्ती प्रतियोगितामा गज्जबको खेल प्रदर्शन गरेका छन्।

कुस्तीमा नेपालका खेलाडीहरु बुनीलाल, मुक्तान, ब्रह्मदेव, देवा थापा लगायतले सहभागिता जनाउँदै खेल प्रदर्शन गरेका छन्।

मौलापुर नगरपालिकाले हरेक वर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सव गर्दै आएको छ। पुरातात्विक महादेव मन्दिरमा हरेक वर्ष आयोजना गर्ने गरेको मधानी महोत्सवलाई विशिष्ट बनाउन तिन दिनसम्म विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।

शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन गरिएको मधानी महोत्सवको दोस्रो दिन शनिवार भारतीय कलाकारहरुको प्रस्तुति थियो भने आइतबार कुस्ती खेल प्रतियोगिताको आयोजना गरिएका थियो।

नगर प्रमुख रिनाकुमारी साहले मधानी महोत्सवको अवसरमा गरिएको विभिन्न कार्यक्रममे पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको र पुरातात्विक महादेवको बारेमा लाखौँ मानिसले जानकारी पाएको बताएकी छिन्। 

प्रकाशित: ७ फाल्गुन २०७९ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App