६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१० लाख घुस लिएको आरोपमा शाखा अधिकृतसहित २ पक्राउ

काठमाडौं– सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखाअधिकृतसहित २ जनालाई पक्राउ गरेको छ।

कानुनी प्रक्रिया पूरा गरी दर्ता भई प्रमाण पत्र लिन आवेदन गरेको म्यानपावर कम्पनीसँग प्रमाणपत्र दिलइदिने भन्दै विभिन्न बाहानामा विभागका शाखा अधिकृत रमेश लामिछानेले १० लाख रुपैयाँ घुस लिएको आयोगको आरोप छ। अधिकृत लामिछानेलाई घुस लिन सघाएको आरोपमा आयोगले शिक्षक अनिल पौडेललाई पनि पक्राउ गरेको जनाएको छ।

उनीहरु दुबैलाई सोमबार बिजुलीबजारस्थित राजधानी रेष्टुरेन्टबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको आयोगले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App