८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हजारौँ नरनारी भए विष्णु महायज्ञको कलश यात्रामा सहभागी

रौतहट सदरमुकाम गौरमा विष्णु महायज्ञको कलश यात्रा बिहीबार सम्पन्न भएको छ। फागुन ५ गतेदेखि सुरु हुने विश्व शान्ति महाविष्णु महायज्ञको अघिल्लो दिन गरिएको कलश यात्रामा सदरमुकाम गौर र आसपासका गाउँका हजारौँ नरनारी सहभागी भएका हुन्। 

बागमती नदीमा जल लिएर हजारौँ नरनारी कलश लिएर महायज्ञस्थल गौर राइस मिल फिल्डसम्म पैदल यात्रा गरेका थिए। 

कलश यात्रामा हात्ती, घोडा तथा रथसहित विभिन्न बाजागाजा र झाँकी पनि प्रदर्शन गरिएको थियो। कलश यात्रामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुसहित विभिन्न प्रतिष्ठित मानिसहरुले पनि सहभागिता रहेको थियो। कलश यात्रा सहज बनाउनको लागि सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा  गरिएको थियो। 

भारतको अयोध्याबाट विभिन्न साधु तथा मठाधीशहरुको अगुवाइमा गौरमा अहिलेसम्मको ठुलो महायज्ञको आयोजना गरिएको हो। महायज्ञको औपचारिक उद्घाटन शुक्रबार हुने बताइएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App