१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुई सवारी जुध्दा सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीमा दुई सवारी साधन एकापसमा जुध्दा एक युवकको मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजस्थित भित्री सडकमा एक बोलेरोसँग मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।

बुधवार दिउँसो करिब साढे १२ बजेको समयमा प्रदेश २ - ०३००१ च ३१२९ नम्बरको बोलेरो विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको छ। ठक्करबाट मोटरसाइकल चालक ३३ वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएपछि महतोलाई स्थानीय लाल बन्दीमा रहेको मोडेल हस्पिटलमा उपचारको लागि भर्ना गरिएकोमा उपचारकै क्रममा महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने बोलेकोसहित बोलेरो चालक मुकेश साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुवेदीले जानकारी गराएका छन्।

प्रकाशित: १८ माघ २०७९ १२:३० बुधबार