८ वैशाख २०८१ शनिबार
समाज

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन्। मुख्यमन्त्री अधिकारीले आइतबार एक विज्ञप्ती जारी गर्दै उनले यति एयरलाईन्सको विमान दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका हुन्।

मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटना स्थल पुगेर आफूले अवलोकन गर्नुका साथै त्यहाँको अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन्। आफूले उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतलाई तत्काल खोज, उद्धार र उपचारमा खटिन निर्देशनपनि दिएको बताएका छन्। 

मुख्यमन्त्री अधिकारीले विमान दुर्घटनाको कारण पत्ता लगाएर यसलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन्। विज्ञप्तीमा भनिएको छ, ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अन्त्यन्त प्राथमिकताका साथ लाग्नु पर्ने भएको छ।’

प्रकाशित: १ माघ २०७९ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App