१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जाडोले कठांग्रिएर रौतहटमा दुईको मृत्यु

अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना ज्येष्ठ नागरिक रहेका छन्।  

रौतहटको कटहरिया नगरपालिका-१ भसेढवाका ९० वर्षीय धेनुक साह कानुको जाडोको कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मंगलबार राति ओछ्यानमा सुतेकै अवस्थामा जाडोले कठांग्रिएर कानुको मृत्यु भएको परिवारजनको दाबी छ।  

यसै गरी रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लाल महम्मद मिया कवारीको मृत्यु भएको छ। जाडोले कठांग्रिएर कवारीको मृत्यु भएको परिवारको दाबी छ।

जाडो बढेको भए पनि जाडोले गर्दा नै मृत्यु भएको भन्ने आधिकारिक पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

केही दिनदेखि रौतहट लगायत तराई मधेशका विभिन्न जिल्लामा अत्यधिक जाडो बढेको छ। जाडोले जनजीवन पूर्णतया प्रभावित भएको छ।  

प्रकाशित: २७ पुस २०७९ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App