जुम्ला-जंगलमा पाईने सेतो च्याउ खाँदा चन्दननाथ नगरपालिका १४ खल्लागाउँका एकै घरमा तीन सहित ५ जना विरामी परेका छन्। जंगलवाट ल्याएको सेतो च्याउ खाँदा खल्लागाउँका ४७ वर्षिय राम प्रसाद चौलागाई, उनकी पत्नी ३५ वर्षिया भविसरा चौलागाई र ८ वर्षिय उनको छोरा सृजन चौलागाई विरामी भएका हुन। उनको परिवारमा भविसरा वाहेक वावुछोराको अवस्था नाजुक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाईरेक्टर निरेश थापाले जानकारी दिए।
यसैगरी सोहि गाउँकी १७ वर्षिया कल्पना देवकोटा र २० वर्षिया राममाया चौलागाई जंगली सेतो च्याउ सेवनका कारण विरामी परेका छन् उनका अनुसार पाँचै जनाको शिक्षण अस्पतालमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले च्याउ खाएर विरामी भएपछि अस्पतालमा भर्ना गर्नु परेको जनाएको छ। मेडिकल डाईरेक्टर निरेश थापाका अनुसार च्याउ सेवन गरेकाहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छ।
प्रकाशित: १६ श्रावण २०७३ १२:५५ आइतबार