१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय र जनप्रतिनिधिले रोके बालविवाह

कालिकोटमा उमेर नपुगी हुन लागेको विवाह रोकिएको छ। जिल्लाको रास्कोट नगरपालिकामा उमेर नपुगी विवाह गर्न खोज्दा एक जोडीलाई स्थानीय र जनप्रतिनिधिले रोकेका छन्।

बाजुरा घर भएकी १५ वर्षीया एक किशोरी र रास्कोट नगरपालिका-४ निवासी २० वर्षीय किशोरबीच विवाह हुन लाग्दा रास्कोट नगरपालिका-४ का वडाध्यक्ष दिनेश सन्ज्याल र स्थानीयले रोकेका हुन्। यही पुस १९ गते रास्कोट नगरपालिका-४ का स्थानीय २० वर्षीया किशोरले बाजुरा जगन्नाथ गाउँपालिकानिवासी १५ वर्षीया किशोरीलाई भगाएर रास्कोट ल्याएका थिए। उमेर नपुगी विवाह गर्नु कानुनविपरीत हुने भन्दै स्थानीय र जनप्रतिनिधिले विवाह गर्न नदिएर आइतबार किशोरीलाई उनकै बाउ वीरमान सार्कीको जिम्मा लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जिल्लाका ग्रामीण समुदायमा उमेर नपुगी विवाह गर्ने समस्या रहेको बताए।

उनले भने, ‘जिल्लाका ग्रामीण समुदायमा अझै लुकिछिपी बालविवाह भइरहेको पाइन्छ। चालु आर्थिक वर्षमा मात्र प्रहरीले बालविवाह गर्ने तीन जोडीलाई मुद्दा चलाएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि गाउँगाउँमा गरिरहेका छौं।’

प्रकाशित: २५ पुस २०७९ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App