२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानी खाने बोतलमा राखिएको स्पिरिट खाएपछि छात्राको मृत्यु

स्कुल संचालकको लापरबाहीका कारण पानी सम्झेर स्पिरिट खाएकि छात्राको मृत्यु भएको विरोधमा सिरहाको मिर्चैयानगरपालिका ६ स्थित सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन्।

माउन्टेनड्युको बोतलमा स्कुलले राखेको स्पिरिट पानी सम्झेर खाएपछि कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका ११ भलुवाहीकि छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको छ।

पुस २२ गते पेट दुखेपछि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग औषधि मागेकी  थिइन्। शिक्षिकाले दिएको औषधि खान उनले त्यहीँ स्पिरिटले भरिएको माउन्टेन ड्यूको बोतल पानी ठानेर खाइ दिइन्। उक्त बोतलमा रहेको स्पिरिट  खाएलगत्तै बेहोस् भएकी थिइन्।

उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो। उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो। सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन्।

स्कुलका संचालक प्रदीप तिवारी आफ्नो लापरबाहीबाट उम्किदै शिक्षिकामाथी दोष थोपर्दै छन्। उनले भने, ुशिक्षिकाको गल्तीले यो घटना भयो।ु तर पीडित परिवारले स्कुल संचालकलाइ दोष लगाउदै छन।

उनीहरुले बिहान साढे १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ। लापरबाही गर्ने विद्यालय संचालक र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरुको माग छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले विद्यालयकी शिक्षिकाले छात्रालाई पानीको सट्टा सिसा सफा गर्ने स्पिरिट खाएपछि मृत्यु भएको खबर प्राप्त भएको र सो विषयमा अनुसन्धान गरिरहेको बताए। घटनाको अनुसन्धान सुरु गरिसकेका छौं, उनले भने।

प्रकाशित: २४ पुस २०७९ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App