१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

एक वर्षमा १४ बालिका बलात्कृत

जिल्लामा बालिका बलात्कारको अवस्था भयावह रहेको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो तथ्यांक पाइएको हो। कार्यक्रममा एक वर्षमा जिल्लामा १४ जना बालिका बलात्कृत भएको तथ्यांक प्रस्तुत गरिएको छ, जसमा चार वर्षदेखि १८ वर्षसम्मका बालिका पीडित छन्।

यस वर्ष राज्य पक्षबाट चार र राज्य पक्षबाट ३६ ओटा गरि ४० ओटा घटना अभिलेख गरिएको छ। इन्सेकका उदयपुर प्रतिनिधि राकेश नेपालीले प्रस्तुत गरेको तथ्यांकमा बालिका बलात्कार १३, महिला बलात्कार प्रयास १, घरेलु हिंसा ४, हत्या ८, कुटपिट १, बहुविवाह ५, महिला र बाल यौन दुव्र्यवहार ३, हत्या प्रयास २ तथा धरपकडका घटना ३ रहेका छन्।

घटनामा १७ देखि ५१ वर्ष उमेर समूहका पीडक र ४ देखि ७० वर्ष उमेर समूहका महिला रहेको उल्लेख छ। प्रायः महिला तथा बालिका आफ्नै दाइ, भाइ, आफन्तनजिकका छिमेकी र नातेदारबाट पीडित भएको अभिलेख छ। आफ्नै भनिएकाबाट महिला र बालिका हिंसामा परेको उदाहरण बढी छन्।

प्रकाशित: २१ पुस २०७९ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App