२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आरआर क्याम्पस झडपः ३ जना विद्यार्थी निष्कासित

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा बुधबार झडप गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन्।

पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो।

निष्कासनमा पर्ने विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन्। र अन्य संलग्न दोषीहरुलाई कानुनी कारबाही अगाडी बढाउन प्रहरी समक्ष रत्नराज्यलक्ष्मी क्यामपसले आग्रह गरेका छ।  

कक्षा सञ्चालन भइरहेको समयमा क्‍याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातारणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए।

पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो। पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो। झडपमा विद्यार्थी मदन भण्डारी , लोकेश खड्का, हर्क बोहरा घाइते भएका थिए।

हेर्नुहोस् क्‍याम्पसको विज्ञप्ति 

प्रकाशित: १८ पुस २०७९ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App