१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरको मुर्कुचीमा गाई गोठ र घरमा आगलागी

फाइल तस्बिर

उदयपुरमा बुधबार आगलागी भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुची बजारस्थित शत्रुधन थापाको गाई गोठमा अचानक आगलागी भएको हो। आगोले थापाको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने सँगै जोडिएको भरत थापाको इँटाको गारो र टीनको छानो भएको २ तले घर आंशिक जलेको छ।

प्रहरी चौकी सुकौरालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार दिउँसो १ः३० बजे भएको आगलागीले शत्रुधन थापाको घर र अन्नपात, लत्ताकपडा तथा भाँडा बर्तन चलेर नष्ट भएको छ। उनको मात्र ७ लाख बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी भनाइ छ। तर, छिमेकी भरत थापाको भने घरमा आंशिक क्षति भए पनि घरभित्र रहेको ठूलो परिमाणको सामान जलेर लाखौँ बराबरको धनमाल नष्ट भएको छ।

प्रहरीका अनुसार थापाको घरभित्र रहेका भाँडाबर्तन, लत्ता पकडा र अन्नपात तथा भण्डारण गरी राखिएको जडिबुटीको तेल ६ सय ६६ लिटर जलेर नष्ट भएको छ। बजारमा प्रति लिटर ९ हजार मूल्यमा बिक्री हुने तेल मात्र आगोले अन्दाजी ७५ हजार बराबरको नष्ट गरेको छ। आगोले दुवै थापा परिबारको गरी ८२ लाख बराबरको धनमाल जलेर हानि नोक्सानी हुन पुगेको प्रहरीले जनाएको छ।

आगो निभाउन रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाबाट पठाइएका २ वटा दमकल तथा स्थानीबासी, प्रहरीसमेतको सहयोगले दिउँसो २ः४५ बजे नियन्त्रणमा लिन सफल भएको बताइएको छ। आगलागीको कारण भने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App