२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मगर संघ प्रदेश १ काे अध्यक्षमा मगर दोहोरिए

नवनिर्वाचित कार्य समितिले सपथ ग्रहण गर्दै। तस्बिर: महेश्वर

३ दिनअघि उदयपुरको गाईघाटमा सुरु नेपाल मगर संघ प्रदेश १ को अधिवेशन तेजकुमार आले मगरलाई अध्यक्ष चयन गर्दै सकिएको छ। पहिलो कार्यकालमा अध्यक्ष रहेका मगरलाई दोस्रो अधिवेशनको बन्दशत्रले पुनः अध्यक्षको जिम्मेबारीमा दोहोर्याएको हो।

३७ सदस्यीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजु खप्तडी मगर, उपाध्यक्षमा हर्कमाया मगर र दिलिप राना मगरलाई छानेको छ। मुख्य सचिवमा शरण पिठाकोटे मगर र ४ जना सचिवमा पार्वती मगर, लोकेन्द्र मगर, लक्ष्मण आले मगर र चेतबहादुर राना मगर चयन भएका छन्।

बन्दशत्रले कोषाध्यक्षको जिम्मा चन्द्र पुलामी मगर र सह–कोषाध्यक्षमा कविता पुलामी मगरलाई छानेको छ। ३७ सदस्यीय समितिमा ११ सदस्य पदाधिकारी छन् भने बाँकी सदस्य चयन भएको बन्दशत्रको निर्वाचन समितिका सदस्य तथा निबर्तमान मुख्य सचिव केशव खपाङ्गी मगरले बताए।

त्रियुगा नगरपालिका ११ ढिम्कीस्थित चप्पन सामुदायिक वन उपभोक्ता समूहको वनभोजस्थलमा केन्द्रीय सह–अध्यक्ष गंगा थापा मगरले शुक्रबार उद्घाटन गरेको अधिवेशन स्थानीय रत्ना रिसोर्टमा बन्दशत्र भएको थियो। शनिबार राति अवेर सम्पन्न भएको बन्दशत्रले लामो छलफलपछि सर्वसम्मत नेतृत्व चयन गरेको संघले जनाएको छ।

प्रकाशित: १७ पुस २०७९ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App