७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बालविवाह न्यूनिकरणमा सरोकारवालाई जिम्मेबार बनाउन ध्यानर्कषण

जुम्लामा बढ्दै गएको बालविवाह न्यूनिकरणका लागि सरोकारवालालाई जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत ध्यानकर्षण गराइएको छ। 

बालविवाह विरुद्धका एथेष्ट उजुरी नपरे पनि गाउँ घरमा विभिन्न तबरबाट भइरहेका बालविवाह रोक्न तथा न्यूनिकरण गर्नका लागि सबै निकायलाई जफावदेही बनाउन प्रशासनलाई ध्यानकर्षण पत्र बुझाइएको हो। २०७५ अघि भने मुस्किलले २ वटा बाल बिवाह विरुद्धका उजुरी परेका छन्।

तर २०७५ यता बालविवाह विरुद्धका उजुरी शुन्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। स्वास्थ्य संस्थाहरुको तथ्यांकलाई हेर्ने जुम्लामा बालविवाह विकराल बन्दै गएको देखिन्छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयको गत आव २०७७÷७८ को तथ्यांक अनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै गर्भवती भएको पाइएको छ। ८ सय ६० जना किशोरी मध्य चन्दननाथमा १ सय ९०,तातोपानीमा ६६ जना किशोरी रहेका थिए। पातारासीमा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी उमेर नपुग्दै आमा बनेको तथ्यांक रहेको थियो। उनीबाट जन्मीएका १ सय बढी बच्चाहरु समेत कम उम्मेरका थिए। जसलाई बाल बिवाहको ज्वालन्त उदाहरणका रुपमा लिन सकिन्छ।

यस्तै, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीका २१ प्रतिशत किशोरी १५ देखि १९ वर्ष उमेरमै आमा बन्ने गरेको पाइएको छ। यसरी स्वास्थ्य संस्थाका विभिन्न तथ्यांकले बाल विवाह भइरहेको देखाएपनि कानुनी रुपमा उजुरी शुन्य रहेको छ।

स्थानीय तहमा बालमैत्री नीति नबन्नु,अभिभावकले लापरबाहि गर्नु,सरकारी तथा गैरसरकारी नियकाका कार्यक्रमहरु एकद्धार प्रणालीबाट संचालन नहुनु र कानुनी परामर्श नहुनु लगायतका कारणले गाउँमा हुने बालविवाह विरुद्धका उजुरी प्रहरी समक्ष आउन सकेका छैनन्।

त्यसैले नागरिक अगुवा बाल विवाह संग सम्बन्धीत निकाय,सरकारी क्षेत्र लगायत सरोकारावालाई बालविवाह न्युनिकरणका लागि जवाफदेही बनाउन प्रशासन मार्फत ध्यानकर्षण गराइएको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताए। उनका अनुसार बालविवाहले गर्दा सयौ किशोर किशोरी शिक्षा,स्वास्थ्य,रोजगारका अवसरबाट बन्चित हुनुका साथै शारिरीक तथा मानसिक हिसाबले समेत कमजोर रहेकोले पेस नेपाल र आवाज नामक संस्थाको सहयोगमा जिल्लामा एक संजालनै खडा गरी बालबिवाह विरुद्ध अभियान चलाइएको छ।

ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले प्रविधिको दुरुपयोग,अभिभावकको लापरबाही र नीतिको अभावले जुम्लामा बालविवाह बढेको देखिएकोले न्यूनिकरकणले सबै सरोकावाला संग समन्वय तथा पहल गर्ने बताए। यसैबीच बालविवाह न्युनिकरणका लागि आम संचारको भुमिका विषयक अन्तरक्रिया समेत गरिएको छ। 

जिल्लास्थित पत्रकारहरुले बालविवाह न्यूनिकरणका लागि बालमैत्री नीति निर्माण,बालविवाह नगरेकालाई सम्मान,गरेकालाई सरकारी सेवाबाट बन्चित गर्ने नीति ल्याउन स्थानीयतहलाई दबाब दिने बताएका छन्।

प्रकाशित: १५ पुस २०७९ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App