विराटनगर-मोरङको जाँते र मधुमल्लामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। जाँते—२ स्थित तेली खोलाले टाँडी—५ की निर्मला राईलाई खोला तर्नेक्रममा बगाउँदा उनको मृत्यु भएको मोरङ प्रहरी जनाएको छ। यस्तै मोरङ मधुमल्ला —४ का रामप्रसाद गौतमलाई बक्राहा नुनसरी खोलाले बगाउँदा उनको पनि मृत्यु भएको छ। दुई दिन देखिको अबिरल बर्षाले खोलामा बाढी आई बक्राहा खोलाले बाँध फुटाउँदा मधुमल्लाका १५ परिवार विस्थापित भएका छन् । बाढी गाउँ पसेपछि करिव एक सय ५० घर डुवानमा परेका छन्।
प्रकाशित: ८ असार २०७३ १३:२४ बुधबार