१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङमा एकीकृत घुम्ती शिविरबाट दुई सय बढी लाभान्वित

शिविरको उद्घाटन गर्दै मेयर भट्टराई। तस्विरः महेश्वर

खोटाङमा आयोजित ‘एकीकृत घुम्ती शिविर’ले अढाईसय बढीलाई सेवा लिने अवसर जुराएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० स्थित पाथेकामा आयोजित शिविरमा २ सय ५३ जनाले सेवा लिएको जनाइएको छ। 

नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा १ सय ५७ जना सेवाग्राहीले जेष्ठ नागरिक परिचयपत्र पाएका छन् भने ७५ जना जेष्ठ नागरिकले निशूल्क स्वास्थ्य परीक्षणको सेवा पाएका छन्। त्यस्तै २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग परिचयपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा आएका जटिल खालका बिरामीलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक विभिन्न खाले औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडाबासी पाथेकाका स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा ११ नं. वडा खार्मीबासीले पनि सेवा लिन पाएको १० नं. वडाध्यक्ष मुगाधन राईले बताए।

पाथेकामा शिविर सञ्चालन गर्नाले छिमेकीसहित २ वटा वडावासीले सेवा लिन पाएको वडाध्यक्ष राईले बताए। उनका अनुसार शिविर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर नगरपालिकाले सञ्चालन गरेको हो। मेयर भट्टराईले नगरवासीले आफ्नै गाउँघरबाट सहजरुपमा सेवा पाउन् भन्ने उदेश्यले शिविर आयोजना गरेको बताए।

नगरप्रमुख तीर्थ भट्टराईले संघीयता भनेको केन्द्रिकृत सत्ता र सेवा गाउँगाउँसम्म पुर्याउने व्यवस्था हो भन्ने प्रमाणित गर्न नगरवासीले गाउँघरमै आवश्यक सेवा पाउनु पर्छ भन्ने आफ्नो धारणा रहेको प्रष्ट्याए। त्यसका लागि घुम्ती शिविर पनि एक माध्यम भएकाले गाउँघरमै सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको उनको भनाइ थियो। यसपछि अन्य वडामा पनि यसता शिविर सञ्चालन गर्ने योजना पनि मेयर भट्टराईको छ।

पाथेकास्थित वडा कार्यालय प्रांगणमा आइतबार आयोजि शिविरमा नगरप्रमुख भट्टराई, वडाध्यक्ष राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख ईरन राईलगायतको सहभागिता थियो। शिविरमा नगरपालिकाका स्वास्थ्यकर्मी र विभिन्न विषयगत शाखाका कर्मचारीले नगरबासीलाई सेवा दिएका थिए।  

प्रकाशित: २७ मंसिर २०७९ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App