२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भूमि अधिकार मञ्च धनुषामा नयाँ नेतृत्व

जिल्ला भूमि अधिकार मञ्च धनुषाको छैटाैं जिल्ला सम्मेलन मिथिला नगरपालिकाको ढल्केबरमा एक सभाबीच सम्पन्न भयो। २०६१ सालमा गठन भएको मञ्चको पाँचौं कार्यकाल पूरा गरी छैटौं कार्यकालका लागि मञ्चको सम्मेलनले रामबाबु साहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः अनिशा खातुन, रामचन्द्र थापा मगर, पासो सदा, रामविनोद ठाकुर, सदस्यहरूमा गुलाबदेवी सदा, उमा विक, सिर्जना परियार, विजय विश्वकर्मा, रामकुमार बुढाथोकी र शशीकला बम्जन चयन भएका छन्।

सम्मेलनको उद्घाटन प्रदेशसभा सदस्य हरिनारायण महतो र राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङ्बालगायत अथितिले सम्मेलनको ब्यानर पढेर गरेका थिए। सम्मेलनमा बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, थिरेश्वर नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका र सबैला नगरपालिकाका भूमि अधिकारबाट वञ्चित ४५७ प्रतिनिधि एवं पर्यवेक्षकले भाग लिएका थिए।  

सम्मेलनमा यज्ञभूमि गाउँबाट आएकी गुथुमाया मिजारले चुरेवासीलाई जमिनको अधिकारसहित संरक्षणको जिम्मेवारी दिनुपर्ने बताइन्। ‘चुरेमा बसोबास गर्छौं तर हामीलाई सधैं चुरे दोहनकारीको बिल्ला भिराए तर हाम्रो गाउँको जंगल हराभरा बनाउने हामी हौं, हामी कसरी चुरे विकासकारी भयौं।

प्रकाशित: २५ मंसिर २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App