७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार राई धरौटीमा रिहा

धरौटीमा छुटेका पत्रकार राईलाई स्वागत गर्दै राजेश चामलिङलगायत पत्रकारहरु। तस्विरः महेश्वर

झण्डै दुईसाताअघि साईबरक्राईम मुद्धामा पक्राउ परेका  उदयपुरका पत्रकार गजेन्द्र राई रिहा भएका छन्। उदयपुरबाट सञ्चालित आफ्नै स्वामित्वको निगरानी पोष्ट डटकममा ‘ससुरा–बुहारीबीच अनैतिक सम्बन्ध’ शीर्षकमा भिडियो सामग्री प्रशारण गरेको भन्दै साईबरक्राईम गरेको अभियोगमा १३ दिनअघि पक्राउ पक्राउ राई शुक्रबार धरौटीमा रिहा भएका हुन्।  

शुक्रबार बसेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश फणिन्द्रप्रसाद निरौलाको एकल इजलासले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको ‘छुटाऊ अभियन्ता’ गोर्खापत्रका संपादक तथा राईका आफन्त राजेश चामलिङले बताए। अदालतको आदेशपछि रिहा भएका राईलाई लिन पत्रकार चामलिङ, किरात पत्रकार संघका अध्यक्ष अवतारमान राई, महासचिव कृष्णजीत राई, कोषाध्यक्ष नुनुता राई र आफन्तजन अदालत परिसर पुगेका थिए।

 राईलाई उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा फिल्डबाटै पक्राउ गरी साईबर व्युरो काठमाडौं पठाएको थियो। समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि साईबरक्राईमको मुद्धा हाल्नु र प्रहरीले पक्राउ गर्नुले वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै पत्रकार महासं आन्दोलित भएको थिाये।  

जस अनुसार समाचारको विषयमा बिबाद भएमा प्रेस काउन्सिल नेपालले न्यायकि छानविन गर्नुपर्नेमा साईबर व्युरोलाई दिइएको बिरोधमा राईलाई बिनाशर्त रिहाईको माग महासंघले गरेको थियो। राई आबद्ध महासंघ शाखा उदयपुर, प्रदेश समिति, केन्द्रीय समिति अध्यक्ष, महासचिव तथा प्रेस सेन्टर नेपाल, पाmेनिज, किरात राई पत्रकार संघ र फोटो पत्रकार महासंघसमेतले रिहाईको माग गर्दै सरकारको ध्यानाकर्षण गराएपछि उनी धरौटीमा रिहा भएका हुन्।  

अभियन्ता चामलिङका अनुसार देशव्यापी आन्दोलन चर्कदै गएपछि राईलाई रिहा गरिएको हो। समाचारको विषय भएकाले साईबरक्राईम मुद्धा नलगाई प्रेस काउन्सिलको जिम्मा दिनुपर्ने माग गर्दै महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रैस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस सेन्टर अध्यक्ष बिष्णु सापकोटा (जुगल), फोनिज अध्यक्ष गजुरधन राई, किरापसं अध्यक्ष अवतारमान राईले सरकारको ध्यानाकर्षण गराएका थिए।  

यता महासंघ शाखा उदयपुर, १ नं। प्रदेश समिति र प्रदेशमातहत १४ वटै जिल्ला शाखाहरुले बिनाशर्त राईको रिहाईको माग गर्दै दिएको ३ दिन अल्टिमेटम सकिएपछि बिहीबारदेखि कालो पट्टी बाँधेर आन्दोलन थालेका थिए। शुक्रबार राई रिहा भएसँगै आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगित भएको शाखा उदयपुरका अध्यक्ष भरत खड्काले बताएका छन्।  

पत्रकार राई रेडियो नेपालका उदयपुर संबाददाता, प्रेस सेन्टरका प्रदेश सचिव, फोटो पत्रकार महासंघ उदयपुरका निबर्तमान अध्यक्ष तथा पत्रकार महासंघ शाखा निवर्तमान सहसचिवसमेत हुन्। धरौटीमा छुटेपछि पत्रकार राई बाहिरबाटै कानुन व्यवसायीको सहयोगले मुद्धा लड्न पाउने व्यवस्था रहेको महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पत्रकार राजेश चामलिङले बताए।  

प्रकाशित: २३ मंसिर २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App