५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर युवाककाे मृत्यु

आफ्नै घरको छतमा विद्युतीय झट्का (करेन्ट) लागेर उदयपुरमा एक युवाको ज्यान गएको छ। सोमबार साँझ घरमै करेन्ट लागेर घाइते भएका जिल्लाको कटारी नगरपालिकाका २ गराँसका ३० वर्षीय दिलबहादुर थापामगरको उपचारकै क्रममा ज्यान गएको हो।  

आफ्नै घरको छत ढलान गर्ने तयारी गरिरहेका मगर साँझ ५ः०० बजे काम गर्दै गर्दा फलामे रडले नजिकै रहेको मिर्चया–कटारी खण्डको ३३ हजार भोल्टेज पावरको तारमा छुन पुग्दा उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएकोमा ५ः३० बजे प्राण गएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी आवश्यक कानुनी प्रक्रियापछि पोष्टमार्टम गरी मृतकको शव बुबालाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन थापाले बताए।  

प्रकाशित: २० मंसिर २०७९ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App