८ वैशाख २०८१ शनिबार
समाज

अग्नी नियन्त्रण र उद्धारबारे प्रशिक्षण

विराटनगर महानगरपालिकाले  नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई आधारभुत अग्नी नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम आयोजना गरेको छ। अग्नी नियन्त्रण तथा उद्धारमा नगरप्रहरी र बारुण यन्त्रका कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको  महानगरपालिकाले जनाएको छ।  

तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए। तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा विराटनगर महानगरका कार्यबाहक मेयर प्रकाश साहले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पुर्‍याउने भन्ने विषयमा जानकारी पाएको बताए।  

तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए। महानगरले पहिलोपटक  अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम आयोजना गरेको हो। समापन अघि आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो। त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो। अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थीसमेत उपस्थिति भएका थिए।  

प्रकाशित: १३ मंसिर २०७९ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App