१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कपिलवस्तु १: पहिले सहकर्मी अहिले मुख्य प्रतिस्पर्धी

२०७४ सालको निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ नेकपाबाट चक्रपाणी खनाल (बलदेव) उठेका थिए। उनका सहकर्मी र पार्टीको साझेदारका रुपमा बलराम अधिकारीले सघाएका थिए। तर अहिले पहिले ती सहकर्मीकारुपमा रहेको ती नै कपिलस्तुको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धी रहेका छन्।

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिएसत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री समेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो। तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन्।

कपिलवस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रुपमा समेत परिचित छन्।। २०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए।

२०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले बाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रुपमा रहेका छन्। गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ।

कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए। एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ। त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ। हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार को जीत सुनिश्चित देखिन्छ।

कपिलवस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन्। स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलदेव जीतको नजिक देखिन्छन्। २०७० मा पहिलो पटक कपिलवस्तु–१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धन तगरो बनेकाे छ।

२०७४ को चुनावी मैदान उत्रने तिब्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए। पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनितिक सल्लाहकार समेत भैसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भइ कृषिमन्त्री भए।

उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिमा नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेका थिए। उनले व्यवसायिक, कृषि, उद्योग र सुकुम्वासिका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाइन प्रणालीमा ल्याउने काम समेत गरे।जमिनको चक्लाबन्दिको विषय र 'कृषिमा यूवा' भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो।

तत्कालीन अवस्थामा भारतीय खसीबोका आयातमा कढाई गर्ने र धुलो दुध आयातमा कटौती गरी स्वदेशी उत्पादनलाई बढावा दिने कार्य उनले गरेका थिए। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लागू गर्न नदिएपछि बलदेवले पदबाट राजीनामा दिए। कृषिजन्य वस्तु आयातमा खसी बोका प्रतिबन्ध, सात ओटै प्रदेश र कपिलवस्तु गरी आठ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना अघिल्याए पनि उनले पूरा गर्न सकेकनन।

अहिले सोही जनमुखी योजनालाई प्रमुख एजेण्डा बनाएर जनताका अन्तिम कसरातथमा घरदैलोमा पुगेका छन्। कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार अधिकारी पुनः दोस्रो पटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्।

२०७० मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका अधिकारीको तत्कालीन योजनाहरुको कार्यान्वयनको प्रभावकारिता त्यति आशलाग्दो भने नदेखिएको जनगुनासा छन्। लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी २०७४ सालको निर्वाचन पश्चात लामो समय गुमनाम जस्तै रहे। तत्कालीन निर्वाचित हुँदाका बखत कपिलवस्तुको निर्वाचन क्षेत्र मात्रै २ क्षेत्रमा विभाजित रहेको थियो।

जिल्लाको उत्तरी क्षेत्रहरु महेन्द्रकोट, दुबिया, बुड्डी लगायतका क्षेत्रहरु तत्कालीन निर्वाचन क्षेत्र १ मा पर्ने गर्दथे। हाल क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आशिंक क्षेत्रहरु समेटिएका कारण दक्षिणी सिमावर्ती क्षेत्रमा बलरामको उपस्थिती कम देखिन्छ, यद्यपि एमाले पार्टीको प्रभाव भने हाल आएर फैलिएको छ।

भौतिक निर्माण तथा पूर्वाधारहरुकाे विकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालीन सांसद विश्रामप्रसाद थारुले अग्रणी भूमिका खेलेका थिए। तत्कालीन योजनाहरुको सुरुवातकर्ता थारुलाई जाने थारु अगुवाहरु बताउँछन्। एमालेभित्रका प्रभावशाली नेताको प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवारी दिएको खण्डमा एमालेको जीत आफ्नो पोल्टामा पर्ने एमाले नेताहरु बताउँछन्।

बलरामको विकल्पमा विश्राम थारु अथवा बिष्णु पन्थीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी खडा गरिएको भए राम्रो थियो भन्ने अधिकांश एमाले नेताहरुको भनाइ छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले बलरामको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको प्रति आंशिक मतदाता उत्साहित देखिन्छन्।

उता कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लीन नेताका रुपमा परिचित छन्।

उता एमालेले क्षेत्र नम्बर १ को १ मा नेता बिष्णु पन्थी र १ को २ मा मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए। कांग्रेस नेता ललित गुरुङ यो क्षेत्रबाट बागी उम्मेदवार बनेपछि गठबन्धनलाई भने केही असर पुग्ने मतदाताहरु बताउछन। उनलाई पार्टीले निश्कासन गरी सकेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App