२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुरमा उमेश श्रेष्ठ सवार गाडी तोडफोड

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ। आज विहान ११ बजेको समयमा  भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ।  

बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ। उनी गाडि रोकेर आमा समूहले गरेको कार्यक्रममा सहभागि हुन गएका थिए।  

मोटरसाइकलमा आएका तीन जनाको समुहले सिसा फुटाएर भागेको स्थानीयलाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए। तोडफोड गर्नेको खोजी कार्य भइरहेको छ। अहिले सिसिटिभी फुटेज हेर्ने काम भएको उनले बताए।  

राज्यमन्त्री समेत रहेका श्रेष्ठ गठबन्धनका साझा उम्मेद्वार हुन्। यसअघि गठबन्धनको टोलिले रवि लामिछानेको गाडि तोडफोड गरेको थियो। 

प्रकाशित: ३० कार्तिक २०७९ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App