coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोस्रो संविधानसभामा पहिलो बन्यो कांग्रेस

पहिलो संविधानसभाले संविधान दिन नसकेपछि नेपालमा दोस्रो संविधानसभाका लागि मिति तोकियो। मंसिरमा निर्वाचन हुने भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई २०७० साल जेठ १५ गतेसम्ममा निवेदन वैशाख १३ गते सूचना प्रकाशन गरियो। तत्कालीन संविधानसभामा प्रतिनिधित्व गरेका २८ राजनीतिक दल बाहेक अन्य दलहरूले १० हजार मतदाताको नाम सहितको हस्ताक्षरसहित दल दर्ताको लागि १ सय ४० राजनीतिक दलहरूले निवेदन दिएका थिए। निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका १ सय ३० राजनीतिक दलमध्ये १ सय २२ राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए।

उक्त निर्वाचनमा १,२१,४७,८६५ मतदाता थिए। देशभर १० हजार १३ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो। मतदान कार्यमा मतदान अधिकृत १८ हजार ७ सय ७५, सहायक मतदान अधिकृत १८ हजार ७ सय ७५ सहायक कर्मचारी ५६ हजार ३ सय २३ र स्वयंसेवक ८८ हजार ९ सय ४० गरी जम्मा २ लाख १७ हजार ४ सय ५६ जनशक्ति परिचालन गरिएको थियो।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट २०७० साल असोज १७ गते मनोनयनपत्र दर्ता गरिएको थियो। उक्त दिन कुल ६ हजार ३ सय ६५ उम्मेदवारहरूबाट मनोनयन दर्ता भएकोमा दाबी विरोध, मनोनयनपत्र फिर्ता र मनोनयनपत्र रद्दसमेत भई कुल ६ हजार १२५ उम्मेदवारहरूको मनोनयन कायम हुन गई सोही बमोजिम उम्मेदवारहरूबिच प्रतिस्पर्धा भएको थियो।  

निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कुल १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेकोमा ९५ लाख १६ हजार ७ सय ३४ मतदाता मतदानमा सहभागी भई कुल ७८.७४ प्रतिशत मतदान भएको थियो। कुल मतदान मध्ये ९५.०४ प्रतिशत अर्थात् ९० लाख ४४ हजार ९ सय ८ मत सदर भएका थिए भने ४.९६ प्रतिशत अर्थात् ४ लाख ७१ हजार ८२६ मत बदर भएका थिए। समानुपातिक निर्वाचन प्रणालीतर्पm जम्मा ९७ लाख ७६ हजार ७ सय ३ (७९.८२ प्रतिशत) मतदाताले मतदान गरेका थिए। कुल सदर मत ९४ लाख ६३ हजार ८ सय ६२ र बदर मत ३ लाख १२ हजार ८ सय ४१ रहेको थियो। रोल्पा जिल्लाको थवाङ गाउँ विकास समितिको वीर बलभद्र उ.मा.वि.मतदान केन्द्रमा शून्य मतदानको अवस्था रह्यो। सप्तरीको त्रिकौल गाउँ विकास समिति मतदान केन्द्रमा पनि मतदान गर्न एक जना पनि नआउँदा शून्य मतदानको स्थिति रह्यो।

अर्को संविधानसभा सदस्य निर्वाचन २०७० मा जम्मा १ सय २२ राजनीतिक दलले बन्दसूची पेश गरेका थिए। यसमध्ये ३१ राजनीतिक दलले मात्र संविधानसभामा प्रतिनिधित्व गरेका थिए। प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १०५, एमालेले ९१, माओवादी केन्द्रले २६, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टीले ४÷४,राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, मधेसी जनअधिकार फोरम नेपालले २, नेपाल मजदुर किसान पार्टी, सद्भावना, तराई मधेस सद्भावना पार्टीले १÷१ तथा स्वतन्त्रबाट दुई जनाले जितेका थिए। समानुपातिकतर्फ एमालेले ८४, माओवादी केन्द्रले ५४, राप्रपा नेपालले २४, नेपाली कांग्रेसले ९१, नेकपा मालेले ५,तराई मधेस लोकतान्त्रिक पार्टीले ७,सद्भावना पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १०, मधेसी जनअधिकार फोरम, नेपालले १० सिट पाएका थिए।  

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, १, परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी२÷२, समाजवादी जनता पार्टी १, मधेसी जनअधिकार फोरम ८, राष्ट्रिय जनमोर्चा ३, नेकपा संयुक्त ३, नेपाली जनता जनता दल १, नेपाल मजदुर किसान पार्टी ३, दलित जनजाति पार्टी २, तराई मधेश सद्भावना पार्टी नेपाल २, मधेसी जनअधिकार फोरम गणतान्त्रिक १, नेपाः राष्ट्रिय पार्टी १, संघीय सद्भावना पार्टी १, राष्ट्रिय मधेश समाजवादी पार्टी ३, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल १, अखण्ड नेपाल पार्टी १ थरूहट तराई पार्टी २, संघीय समाजवादी पार्टी नेपाल ५,जनजागरण पार्टी नेपाल १, मधेस समता पार्टी नेपाल १ सिट पाएका थिए।

प्रकाशित: २५ कार्तिक २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App