२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा मंसिर १ भित्रै निर्वाचन सामग्री र निर्वाचन कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पठाइने

मंसिर १ गते भित्र ताप्लेजुङमा सबै मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी र निर्वाचन सामग्री पुर्‍याउने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले टाढाका मतदान केन्द्रहरुमा खटिने कर्मचारीका २६ गते र सो भन्दा नजिकका मतदान केन्द्रहरुमा २८ गतेका लागि अनुशिक्षण कार्यक्रम राखिएको जानकारी दिए।  

उनका अनुसार निर्वाचनमा खटिने कर्मचारीलाई अनुशिक्षण कार्यक्रम सक्ने बित्तिकै निर्वाचन सामग्री बुझेर लैजाने गरी तयारी गरिएको बताए। ‘मतपत्र सटिङको केहि काम बाँकी छ’सहायक निर्वाचन अधिकृत रेग्मीले भने‘त्यो पनि बिहीबार सम्ममा सक्ने योजना बनाएका छौं’। उनका अनुसार मतदाता संख्या अनुसार प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र मिनाउने कार्य भइरहेको छ। यो कार्य पनि अन्तिम चरणमा पुगेकोले मतपत्र सहितका निर्वाचन सामग्री तयारी अवस्थामा रहने र निर्वाचन अधिकृत सहित मतदानमा खटिने कर्मचारीलाई दिइने अनुशिक्षण सम्वन्धित मतदान अधिकृतलाई पछि निर्वाचन सामग्री बुझाइने कार्ययोजना सुनाए।  

मतपत्र बाहेक अरु सबै निर्वाचन सामग्री सम्वन्धित मतदान केन्द्रमा पठाउने गरी तयारी भइसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले निर्वाचन सामग्री प्याकिङ भइसकेको जानकारी दिए। ८८ हजार २ सय ८५ मतदाता रहेको ताप्लेजुङमा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।  

निर्वाचनको दिन भन्दा कम्तिमा ३ दिन अगावै मतदान कार्यमा खटिएका कर्मचारी सम्वन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने व्यवस्था अनुसार नै निर्वाचन कर्मचारी र निर्वाचन सामाग्री पठाउने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको हो।  

सहायक निर्वाचन अधिकृत रेग्मीले सदरमुकाम फुङलिङ क्षेत्रका नजिकका केन्द्र बाहेक सबै मतदान केन्द्रहरुमा मतदानको कम्तिमा तीनदिन अघि नै आवश्यक सुरक्षा सहित निर्वाचन कर्मचारी र निर्वाचन सामाग्री पुगिसक्ने बताए। सम्बन्धित मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र पुगेर निर्वाचनका लागि गर्नुपर्ने तयारी सहितको काममा उल्झन नहुुने गरी निर्वाभचन कर्मचारी पठाउाने तयारी गरिएको रेग्मीले जानकारी दिए।  

प्रकाशित: २३ कार्तिक २०७९ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App