८ वैशाख २०८१ शनिबार
राजनीति

संविधानसभा निर्वाचनमा पहिलो दल बन्यो माओवादी

२००७ सालदेखि निर्वाचित जनप्रतिनिधिले संविधान लेख्ने जनताको आकांक्षा पूरा गर्न निर्वाचन आयोगले प्रक्रिया सुरु गर्‍यो। २०६४ चैत २८ गतेका लागि तोएिको संविधानसभा निर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगले गरेको आह्वानअनुसार ७४ राजनीतिक दलले निवेदन दिए। २०६३ साल मसिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएका नेपाली नागरिक मतदाता हुनसक्ने व्यवस्था गरियो। संविधानसभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८ सय ३२ कायम हुन आएको थियो। यसमध्ये महिला मतदाताको ८७ लाख ३० हजार ३ सय ९० र पुरुष मतदाताको ८८ लाख ८१ हजार ४ सय ३९ थियो।

निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि कुल ३ हजार ९ सय ४६ उम्मेदवार कायम रहेका थिए। समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोग २०६४ फागुन ८ गते सम्म समय दिएको थियो। त्यस अनुसार ३७ दलले उम्मेदवारको बन्दसूची पेश गरेका थिए। सरकारको आग्रहमा यस अनुसार २०६४ फागुन १२ गते दुईवटा राजनीतिक दलले र २०६४ फागुन १९ गते विभिन्न १६ वटा दलले उम्मेदवारको बन्दसूची पेस गरेका थिए। बन्दसूची पेस गर्ने ५५ दल पुगेका थिए।  

कुल मतदाता १ करोड ७६ लाख ११ हजार ८ सय ३२ रहेकोमा कुल १ करोड ८ लाख ६६ हजार १ सय ३१ मत खसेको थियो। यस मध्ये १ करोड ३ लाख ६ हजार १ सय २० मत सदर र ५ लाख ६० हजार ११ मत बदर भएको थियो। सबैभन्दा धेरै मतदान डोल्पा १ मा ७९.८९ प्रतिशत र सबैभन्दा कम मनाङ निर्वाचन१ मा ४०.११ रहेको थियो। यसैगरी निर्वाचनमा भाग लिएका दल मध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ३१ लाख ४५ हजार ५ सय १९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो भने नव नेपाल प्रजातान्त्रिक दलले कुल सदर मतमा केवल ३४ मत मात्र प्राप्त गरेको थियो।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने २ सय ४० स्थानका लागि विभिन्न ५४ राजनीतिक दल र स्वतन्त्र समेतबाट जम्मा ३ हजार ९ सय ४६ उम्मेदवार रहेका थिए। यसमा दलको तर्फबाट ३ हजार १ सय ३० जना र स्वतन्त्र ८ सय १६ जना थियो। यो प्रणालीबाट देहायका ९ वटा राजनीतिक दलबाट २३८ जना र स्वतन्त्रबाट २ जना सदस्य निर्वाचित भएका थिए। निर्वाचित हुने मध्ये महिला ३० जना रहेको थियो। ३ हजार ९ सय ४६ उम्मेदवारमध्ये आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेको कारण ३१५९ उम्मेदवारको धरौटी जफत भएको थियो। निर्वाचनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट २५ जना, नेपाली कांग्रेसबाट २ जना, मधेसी जनअधिकार फोरम, नेपालबाट २ जना र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १ जना गरी ५ दलबाट कुल ३० जना महिला उम्मेदवार मात्र निर्वाचित भएका थिए।  

उक्त निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १ सय २०, कांग्रेसले ३७, एमालेले ३३, मधेशी जन अधिकार फोरमले ३०, तराई मधेस लोकतान्त्रिक पार्टीले ९, सद्भावना पार्टीले ४, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले दुई÷दुई र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको थियो।  

त्यस्तै, समानुपातिकतर्फको ३ सय ३५मा माओवादीले १सय, कांग्रेसले ७३, एमालेले ७०, मधेसी जनअधिकार फोरमले २२, तराई मधेस लोकतान्त्रिक पार्टीले ११, राष्ट्रिय प्रजातनत्र पार्टी र नेकपा मालेले ८÷८, जनमोर्चा, नेकपा संयुक्त र सद्भावनाले ५÷५, राप्रपा नेपालले, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले ३÷३ सिट पाएका थिए। त्यस्तै, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकीकृत, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेपाली जनता दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २÷२, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, दलित जनता पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले १÷१ सिट समानुपातिकबाट पाएका थिए।

प्रकाशित: २३ कार्तिक २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App