८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवारको घरदैलोः योजना बाँड्दै भोट माग्दै

चुनावी अभियानमा बिन्दुकुमार थापा। तस्बिरः नागरिक

निर्वाचनको मिति नजिकिदैं जादाँ उम्मेदवार पनि व्यस्तता बढेको छ। घरदैलो अभियान चुस्त बनाएका छन्। आफनो निर्वाचन क्षेत्रका बासिन्दासम्म पुगेर आफनो मतदान चिन्हमा मत खसाल्न प्रेरित गरेका छन्। विकासका प्रतिबद्धता बाँडेका छन्। सर्वसाधारणको आशा र अपेक्षा अनुसार नै उम्मेदवारहरुले सडक, खानेपानी, विजुली जस्ता समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाईरहेका छन्।  

नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले युवा पुस्ता विदेशिदैं गएकोले अब गाँउ फर्क अभियान सञ्चालन गर्नुपर्नेमा जोडदिए। ‘युवाहरु विदेश गएका छन्। सदरमुकाम ओर्लिएका छन्। विकास अब गाँउबाटै शुरु गरिनुपर्छ। गाउँको विकास र देशको विकास हो। गाँउको विकास मार्फत गाँउ फर्क अभियान शुरु गर्नुपर्छ,’ उनको भनाई थियो।  

उनले आफनो निर्वाचन क्षेत्र भलाम कृषि र धार्मिक पर्यटन क्षेत्र भएको उल्लेख गर्दै खेतबारीलाई कृषि कर्ममा प्रेरित हुने योजना अघि सार्ने प्रतिबद्धता जनाए। विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउने आफनो ध्येय रहेको जिकिर गरे। पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकास र समृद्धिको भएको भनाई उनको थियो।  

पोखरा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर गौरवको सडक आयोजना रहेको भन्दै २७ करोड २७ लाख ठेक्का परेको सुनाए। ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमी सडक डिपीआर भईसकेको छ,’ उनले भने– पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपीआर गरी ३३ करोड रकम छुट्टियो।’  

नेकपा (एमाले) कास्की क्षेत्र नम्वर २ (१)का उम्मेदवार भीमबहादुर कार्कीले विजयपुर खोलामा पक्की पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफलाइनको रुपमा रहनेमा आफु आशावादी रहेको उल्लेख गरे। उनले आफुले भूगोल बुझेको बताउँदै विकासको प्रक्रिया बुझेर काम गर्ने अठोट लिए।  

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धन उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनको ठम्याई छ।  

‘पोखरा चक्रपथ बनाउने मेरो पहिलो योजना हो। दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु’ उनले चुनावी प्रतिबद्धता भने, ‘किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु। जनताको मालिक हैन सेवक हुँ।’ दम्सादी क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको गुनासो मतदाताले गरेका थिए।  

प्रकाशित: २० कार्तिक २०७९ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App