७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी छैन: सहमहामन्त्री परियार

फाइल तस्बिर।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्ने र गठबन्धन भित्रका अन्य दलहरुसँग मिलेर सरकार बनाउने बताए। उनले गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र काँग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गरे। सहमहामन्त्री परियारले निर्वाचन पछि बन्ने सरकारले पार्टीको संकल्पपत्र कार्यान्वयन गर्ने बताए।

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताए। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली काँग्रेसका नेताहरुलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडी बढाएको उनले उल्लेख गरे। गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उनले स्पष्ट पारे। अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उनले जिकिर गरे।

उनले सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरुले टिकट नपाएको बताए। दलित नेताहरुको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उनले बताए। दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट वञ्चित नगरेको स्पष्ट पारे।

प्रकाशित: १३ कार्तिक २०७९ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App