४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

विजय र भगवती आफ्नैबाट त्रास, प्रतिस्पर्धा रोचक बन्ने

काँग्रेसका नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी

मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता विजयकुमार गच्छदार सातौंपटक चुनाब जित्ने रणनीतिमा लागेका छन्। गच्छदारसँग एमाले उम्मेदवार भगवती चौधरी तेस्रोपटक प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छिन्। भगवती पनि यसपटक जसरी पनि चुनाव जित्ने रणनीतिमा छिन्।

सबैको चासो बनेको यो क्षेत्रमा विजय यसपटक काँग्रेस नेतृत्वको गठबन्धनबाट र भगवती एमाले–जसपाको गठबन्धनबाट उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका हुन्। तर, दुवै आफ्नैबाट धोका हुने मनोवैज्ञानिक त्रासमा छन्।  

नेता विजयले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कम मतान्तरले जितेका थिए। जसले गर्दा भगवतीले यसपटक जसरी पनि चुनाब जित्ने दावी गरिएको छ। विजयले भने विगतमा एक्लै प्रतिस्पर्धा गर्दा सहजै जितेको हुँदा यसपटक गठबन्धन भएकाले जित्न गाह्रो नहुने दावी छ। ‘एक्लै लड्दा छ पटक जितेको व्यक्तिलाई यसपटक गठबन्धन हुँदा कुनै समस्या छैन,’ दुहवी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष समेत रहेका काँग्रेस क्षेत्र नं. ३ का सभापति मेहदी हुसेनले भने।  

भगवती २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार बनेकोमा दोस्रो संविधानसभा निर्वाचनमा भने विजयसँग मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदा प्रतिस्पर्धा भएको थियो। हरेक कार्यमा विजय अधोगतितिर लागेका र जनता परिवर्तनको पक्षमा भएकाले यसपटक जसरी पनि भगवतीको विजय हुने निवर्तमान प्रदेश सांसद समेत रहेका क्षेत्र नं. ३ का चुनाबी कमाण्डर  लिलम बस्नेतले दावी गरे।  

विजयले २०४८ सालयताका कुनै पनि निर्वाचनमा हार बेहोर्नु परेको छैन। २०६४ सालदेखि मधेसवादी दलमा गएर विजय दस बर्षपछि फेरि पुरानै पार्टीमा फर्किएपछि भने पहिलाजस्तो प्रभाव छैन। अर्कातिर लामो समयदेखि पार्टीभित्र एउटै व्यक्ति सात पटकसम्म चुनावमा प्रतिस्पर्धा गर्दा यस क्षेत्रका नेता–कार्यकर्ता असन्तुष्ट छन्। विजय ललिला निवास जग्गा प्रकरणमा मुछिएका छन्। यद्यपी, ललिला निवास प्रकरणको जग्गा काण्डले भने कुनै असर नगर्ने दावी गरिएको छ। ‘मुद्दा पर्ने वित्तिकै दोषी हुँदैन, अदालतमा मुद्दा छ, दोषी ठहर गरेको छैन,’ क्षेत्रीय सभापति हुसेन भन्छन्।  

विजय चुनावी प्रतिस्पर्धामा होमिरहँदा पार्टीका पूराना र युवा पुस्ताका नेता–कार्यकर्तालाई संगठित गर्न सकेका छैनन्। अर्कातिर लामो समयदेखि एउटै व्यक्तिका निम्ति चुनावमा खट्दा दिक्क भएका कार्यकर्तामा उर्जा छैन। साथै, विजयका भित्रि कार्यकर्ता पनि उनीसँग सन्तुष्ट भएर लागेका छैनन्।  

भववतीका निम्ति पनि यसअअिका दुईपटक निर्वाचन लड्दा पार्टीका नेता–कार्यकर्ता जुन ढंगले संगठीत थिए, यतिबेला भने आन्तरिक अन्तरद्दन्द छ। पार्टीभित्रको अन्तरद्दन्दले गर्दा केही नेता उनको विपक्षमा लागेका छन्। अर्कातिर चुनावी जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्टि बढेको छ।  त्यसो त  भगवतीले दुहवीमा वित्तिय संस्थामार्फत सामाजिक गतिविधी समेत गदैं आएकोमा पहिलो र दोस्रोपटक चुनाव लड्दा उनकोे जुन व्यक्तिगत प्रभाव थियो, यसपटक केही हदसम्म घटेको छ।  

भगवतीले फरवार्ड माइक्रो फाइनान्समार्फत सर्वसाधारणलाई ऋण लगानी गर्दा त्यसको असुलीका लागि गरेको ताकेता र कतिपयले पैसा तिर्न नसक्दा भएको समस्याका कारण प्रभाव घटेको हो। तर, पार्टीको उम्मेदवार हुनु र वित्तिय संस्थाको सामूहिक काम गर्दाको निर्णय फरक प्रसंग भएको पार्टीको जिकिर छ। ‘पब्लिक शेयरमा गइ सकेको संस्थाले गरेको निर्णय अर्कै पाटो हो, त्यसलाई पार्टीको उम्मेदवारसँग तुलना गरेर हेर्न मिल्दैन, त्यो हल्ला विपक्षीले फैल्याएको अफबाह मात्र हो, त्यसले त असर गर्दैन,’ चुनावी कमाण्डर बस्नेतले भने। 

विजय काँग्रेसमा छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा अहिलेको क्षेत्र नं. ३ मा पर्ने भ–ूभाग समेत समेटिएको क्षेत्र नं. २ बाट विजयी भएका थिए। उनी २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नं. ३ बाटै, २०७० र २०७४  सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।  

क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिका पुरै समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ। पछिल्लो समय भगवतीका निम्ति गढी र बर्जु गाउँपालिकाको स्थानीय तहको निर्वाचन २०७९ मा एमालेले जित्नुले लाभ पुग्नेछ।  

बिजयका निम्ति यसपटक ललिता निवास जग्गा प्रकरणमा मुछिनु, एउटै व्यक्ति सात पटकसम्म चुनाबमा प्रतिस्पर्धा गर्नु, आफ्ना ‘एस म्यान’ लाई मात्र च्याप्नु, इटहरी क्षेत्रबाट जहिल्यै नेता कल्पना चौधरीलाई मात्रै च्याप्नु र पूराना सहयोगी प्रदिप चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुले असर गर्नेछ।  

त्यसो त विजय र भगवती दुवै चौधरी समूदायका लागि जातीय प्रेमी छन्। दुवै जना आलोचनाभन्दा प्रशंसा रुचाउँछन, जसले गर्दा सही सल्लाह दिने नेता–कार्यकर्तालाई टाढै राख्ने गर्छन्।

यसपटक क्षेत्र नं. ३ मा प्रतिनिधीसभामा बिजय र भगवतीका हकमा पार्टीगत रुपमा सैद्दान्तिक मत आ–आफ्नो पार्टीमा खसेपनि अन्य तटस्थ मतमा भने कसको बढी प्रभाव पर्नेछ, अहिले नै अनुमान गर्न गाह्रो छ। शहरी क्षेत्रका मतदाता सचेत भएपनि क्षेत्र नं. ३ धेरै ग्रामीण अनि आर्थिक अवस्था कमजोर भएका बासिन्दाको बाहुल्य भएको क्षेत्र हो। जसले गर्दा तटस्थ मतदातालाई अन्तिम समयमा आर्थिक प्रभावमा पार्ने गरिएको छ। दुवै पक्ष मतदाता प्रभावमा पार्न अहिलेदेखि नै आर्थिक स्रोतको जोहोमा लागेका छन्।  यसपटक क्षेत्र नं. ३ मा एक लाख २५ हजार ४३२ मतदाता छन्।  

यसपटक क्षेत्र नं. ३ मा ‘क’ बाट एमाले र जसपाका तर्फबाट एमालेका रोहित कार्की र सत्ता गठबन्धनका तर्फबाट क्षेत्र नं. ३ ‘क’ बाट माओवादी केन्द्रकी सरस्वती पोखरेल चुनाबी प्रतिस्पर्धामा छन्। ३ ‘ख’ बाट एमालेकै रामदेव यादव र  सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका विन्देश्वर यादवबीच प्रतिस्पर्धा हँुदैछ। प्रदेश क र ख दुवै स्थानमा दुई पक्षबीच कडा प्रतिस्पधा

प्रकाशित: १ कार्तिक २०७९ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App