२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चौतारी र चिया पसलमा चुनाव चर्चा

रोल्पाको प्रदेश (ख) मा लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा लागेका अमरसिंह पुन, स्वतन्त्रबाट माओवादीका नेता दिपेन्द्रकुमार पुन र एमालेका युवा नेता प्रेमबहादुर घर्तीको त्रिपक्षिय भिडन्त रोचक हुने देखिन्छ। हिजो आज चिया पसल र चौतारीहरुमा यहि भिडन्तको चर्चा चुलिएको छ।  

छलफलमा एकथरि भन्छन्, ‘कांग्रेसले कसरी हसिया हतौडामा भोट हाल्ला अनि माओवादीले कसरी रुखमा भोट हाल्ला?’ अर्को थरिले थप्छ ‘सुर्य र गाई पनि त फरक धार हुन। उनीहरुले पनि त कसरी हाल्लान?’ सडक खन्ने डोजर हेर्न जानेहरु पनि यतिबेला चुनाव चर्चामै देखिन्छन्।

रोल्पामा शान्ति प्रकृया यताका प्राय निर्वाचनहरु माओवादी मय हुन्थे। २०६४ साल पछिका निर्वाचनमा माओवादी इतरका शक्तिले नाम मात्रका लागी उमेद्वारी दिन्थे। तर समय फेरीयो। गएका दुई स्थानिय तह निर्वाचनमा चुनाव सबैका लागि फलामको चिउरा बन्यो। अहिले गठबन्धनको गठजोडले रोल्पामा एउटा प्रदेश सिट कांग्रेसको भागमा पर्यो। त्यसो त कुनै समय थियो यहाँका दुई निर्वाचन क्षेत्रमा कांग्रेस निर्वाचित भएर प्रतिनिधिसभा पुगेको थियो।  

कांग्रेससंगको तालमेल अत्यन्तै मिठो मान्ने माओवादी कार्यकर्तालाई रोल्पाको गठबन्धन नमिठो लाग्यो। पोलिटब्युरो सदस्य तथा रोल्पाका प्रभावशाली माओवादी नेता दिपेन्द्रकुमार पुनले पाटिबाट राजिनामा दिएर स्वतन्त्र उमेद्वारी दिए। त्यसो त केन्द्रिय राजनीतिमा गतिलो पहुच राख्ने बर्षमान पुनले श्रीमती ओनसरी घर्तीसंगै आफुले पनि टिकट हात पारे पछि रोल्पाली माओवादी रुष्ट बनेका हुन। उता अर्का प्रभाबशाली नेता कृष्णबहादुर महराले पनि छोरीलाई प्रदेशमा समानुपातीक अटाए पछि झनै आक्रोस चुलिएको हो।  

लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको दौडमा रहेका कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनलाई माओवादी नेताको स्वतन्त्र उमेद्वारी सकस थपिएको छ। बर्षमान पुनसंगै गठबन्धनको चुनाबी दौडमा निस्किएका अमरसिंह जस्तै आम रोल्पाली कांग्रेसको मनमा स्वतन्त्र उमेद्वारी माओवादी सेटिङ त हैन भन्ने डरले डेरा जमाएको छ। ‘अहिलेसम्म धोकाको महसुस भएको छैन। निकट भविश्यमा दुबै दलको बैठक हुँदै छ।’ रोल्पा कांग्रेस सचिब शेरबहादुर थापा भन्छन् ‘माओवादी नेतृत्वले हामी इमानदार छौ भनेका छन्। गठबन्धनको पक्षमा छौ भनेका छन्।’

पाटिको आधिकारीक धारणामा माओवादी प्रति अविश्वास नदेखाए पनि जिल्ला स्तरका एक कांग्रेस नेताले माओवादी माथि संका रहेको बताउँछन्। ‘रोल्पामा माओवादी इमानदार भएन वा कहि कतै बेइमानी देखियो भने यसको क्षति माओवादीले अन्यत्र भोग्नु पर्ने हुन्छ।’ उनी भन्छन्, ‘दुई तिन हजार भोट भएको ठाउँमा हामीले माओवादीलाई भाग दिनु पर्ने तर रोल्पामा कांग्रेसको करिब २५ हजार मत हुदा प्रदेशको एउटा सिट पाउनु कसैलाई अन्याय भएको हैन।’

प्रकाशित: २९ आश्विन २०७९ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App