coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डलाई निर्वाचन क्षेत्र हस्तान्तरण गर्दाकाे खुसी नाप्ने यन्त्र नै छैन: बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफूले चुनाव जितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी भएको बताएका छन्।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले उनको प्रस्तावमा उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उनले भने ‘मैले प्रतिनिधित्व गरेको ठाउँ प्रचण्ड ९उहाँ० जस्तो ब्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी छु, यो खुसी नाप्ने कुनै यन्त्र भए झन् गज्जब हुन्थ्यो, त्यो आविस्कार त छैन नै।’

दाहालको उम्मेदवारीलाई उनले गोरखाले इतिहास निर्माण गर्ने अवसर प्राप्त गरेको बताए। शहीद लखन थापादेखि  माओवादी युद्धका प्रथम शहीद शुरेस वाग्ले सम्मको योगदान सँगै समृद्धीको नयाँ उचाई हाँसिल गर्ने नेतृत्व पनि गोरखाले अब पाएको उनले बताए।  

गोरखा २ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस सँगको गठबन्धनमा भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।  

प्रकाशित: २३ आश्विन २०७९ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App