८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विश्व पौडेल चितवन १ र उमेश श्रेष्ठ २ बाट चुनाव लड्ने

आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ र राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन २ बाट उम्मेदवार बनाएको छ।

चितवन क्षेत्र नम्बर १ बाट योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले पनि सिफारिस भएका  थिए।

चितवन १ बाट एमालेका सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल चुनाव लड्दैछन्। स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने पनि चितवन २ बाट लड्ने तयारीमा छन्। उनी क्षेत्र नम्बर ३ वा २ मध्ये एकबाट लड्ने  तयारी गरेका छन्। क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका डा. भोजराज अधिकारीले टिकट पाएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App