२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोसः पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।

वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरे।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले भने– “निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो। मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन। अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो।” उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको  विजयादशमीका अवसरमा शुभकामना व्यक्त गरे।

प्रकाशित: १७ आश्विन २०७९ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App