९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

के के छ सरकारको नीति तथा कार्यक्रममा ?

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिहेकी छन्। सरकारले पुननिर्माण र कृषिलाई उच्च प्राथमिकतामा राखेको छ। भूकम्प पीडितलाई अनुदान स्वरुप दुई लाख लिने काम सुरु गरिएको र सामुहिक जवानीमा थप तीन लाख विना धितो ऋण उपलब्ध गराउने जनाएको छ।

यसैगरी भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी दिने, आवाश विहीन जनतालाई छानामुनी ल्याउन सामुहिक आवाश निर्माण गरिने सरकारले जनाएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा मुख्य पक्षलाई यसरी समेटिएको छ:

* विकास समृद्धी र सुशासनको नयाँ युग सुरु भएको छ। संविधान जारी भए पछि शान्ति प्रक्रिया मुलत पुरा भएको छ।

* वेपत्ता छानविन आयोग र सत्य निरुपण आयोगका काम सकिए पछि शान्ति प्रक्रिया पूर्णरुपमा सकिने छ।

* अधिकार प्राप्तिका लागि संघर्षको युग सकिएको छ।

* २०७३ मंसिरमा स्थानीय निर्वाचन गरिने छ। यसले स्थानीय स्तरमा सुशासन र जनप्रतिनिधि विहिनताको अन्त्य गर्ने छ।

* मधेस आन्दोलन र भूकम्पले आर्थतन्त्रमा असर।

* पुननिर्माणको लागि प्रथम किस्ताको रकम हस्तान्तरण सुरु भइसकेको छ। थप तीन लाख विना धितो दिइने।

* भूकम्प पीडितहरुलाई ग्रमिण क्षेत्रमा १५ लाख, उपत्यकामा २५ लाख सहुलियत दरमा ऋण उपलब्ध गराइने। * भूकम्प पीडित आवास विहिन जनतालाई छानामुनी ल्याउन सामूहिक आवास निर्माण गरिने।

* भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी।

* धरहराको पुननिर्माण तीन बर्षमा पुरा गरिने।

* २ बर्षमा सबै नीजि घर र पाँच बर्ष भित्रमा ध्वस्त संरचनाको निर्माण गरिसकिने।

* सीमा नाका अवरोधले आत्मनिर्भर हुन प्रेरणा दिएको छ। आत्मनिर्भर र न्यायापुर्ण अर्थतन्त्र निर्माणको दिशामा अघि बढीने।

* नवनिर्माण र पुननिर्माणमा रोजगारी सृजना गरिने छ।

* वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई क्रमस घटाउँदै जाने।

* आगामी आर्थिक बर्ष समृद्धि तर्फ लम्कने बर्ष हुने छ। १५ बर्ष भित्र मध्यम आय भएको अवस्थामा पुर्याउने।

* वित्तिय क्षत्र विकास रणनीति ल्याइने छ। सार्वजनिक नीजि साझेदारीको लागि आवस्यक कानुनी प्रक्रिया पुरा गरिने छ।

* सामान्तवादका अवयवलाई अन्त्य गर्दै नयाँ उत्पादन सम्वन्ध कायम गरिने छ।

* कृषिलाई आकर्षक पेशाको रुपमा विकास गर्ने।

* कृषिमा सामाजिक सुरक्षा कोष खडा गरिने। बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई यसमा राखिने।

* कृषि सम्वन्धि सूचना मोवाइल फोन मार्फत प्रवाह गरिने। उन्नत जातका गाइ, भैसी, पसुपन्छि वितरणलाई बढावा दिइने। सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ।

* पशुपञ्छी हाट बजारको व्यवस्था गरिने छ।

* वैज्ञानीक भूमिसुधार लागु गर्दै सुकुम्वासी समस्या सँधैका लागि समाधान गर्ने नीति लिइने छ।

* बनस्पति प्रशोधन केन्द्र बनाइने। बनमा केन्द्रीत उद्योगलाई प्रोत्साहन दिइने छ। बनबाट रोजगारीका अबसर सृजना गरिनेछ।

* जलाधार सिमसार र चुरे क्षत्रेको गुरु योजना तयार गरि लागु गरिने छ।

* प्रत्येक प्रदेशमा तीन बर्ष भित्र सकाउने गरि एक औधौगिक क्षत्रे निर्माण गरिने। लगानीको लागि नीजि तथा बिदेशीलाई आकर्षण गरिने।

* रोजगारीलाई सामाजिक सुरक्षाको रुपमा राख्दै एक घर एक रोजगारीको व्यवस्था गरिने छ।

* खाद्य सामाग्रिको प्याकेटमा नै मुल्य लेख्नु पर्ने।

* देशभित्र पेट्रोलियम र ग्यासको अन्वेशण गरिने।

* ७ प्रदेशमै ९० दिनको खपत धान्न सक्ने इन्धन भण्डार निर्माण गरिने छ।

* खडेरि ग्रस्त जिल्लामा खाद्यन्न पठाइने।

* १ बर्ष भित्र आधारभुत रुपमा र २ बर्ष भित्र माग अनुसारको विद्युत प्रवाह गरिने छ।

* १० बर्ष भित्र १० हजार मेघावट विद्युत ।

* सबै प्रदेशमा १ /१ जलाशय युक्त विद्युत गृहको लागि अध्यान सुरु।

* सम्वृद्ध मधेस योजना अन्तर्गत तराईका २२ जिल्लामा सिंचाइ योजना।

* उज्यालो नेपाल समृद्द नेपाल कार्यक्रम र धुवाँ मुक्त नेपाल कार्यक्रमको लागि अनुदान बढाइने छ।

* तराई मधेसमा खानेपानी सुधार कार्यक्रम थालिने छ।

* मेलम्ची खानेपानी आयोजनालाई पुरा गरिने। जनताको खानेपानी कार्यक्रम थालनि गरिने छ।

* प्रादेशीक सडक दुई लेन बनाइने छ।

* काठमाडौं नीजगढ फास्टट्रायाकको काम अघिल्लो बर्षबाट सरकारले थाल्ने। अन्य सहरमा पनि सडक विस्तार गरिने छ।

* रसुवागढी काठमाडौ पोखरा लुम्विनि रेलको दुई बर्ष भित्र अध्यान ।

* डोल्पा र हुम्लालाई दुई बर्षमा सडक मार्गले जोडिने।

* प्राकृतिक दृष्टिले कठिन बाहेक सबै गाविसलाई दुई बर्ष भित्र सडक सञ्जालले जोडिने छ।

* सवारी धनि प्रमाणपत्रलाई समेत स्मार्ट कार्डमा रुपान्तरण गरिने छ।

* १० बर्षे रणनितिक पर्यटन रणनीति। १० लाख विदेशी पर्यटक भित्रयाउने गरि २०१८ लाई नेपाल भ्रमण बर्षको रुपमा मनाइने।

* संचालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याइने छ।

* प्रत्येक गाविसमा हेलिप्याड निर्माण गरिनेछ।

* सिमान्तकृत बालबालिकाको लागि सबै किसिमको शिक्षा निशुल्क बनाइने छ।

* सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरको अन्तर घटाइनेछ।

* जेहेन्दार विद्यार्थीलाई सहुलियत ऋण प्रदान गरिनेछ।

* शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने ब्यवस्था मिलाइने छ।

* प्रत्येक नागरिकलाई निशुल्क स्वास्थ सेवाको लागि सरकार प्रतिवद्ध रहने छ।

* तराईका २० जिल्लामा आर्थिक विकास कार्यक्रम सञ्चालन गरिने छ।

* आफ्नो गाउँ आफै बनाऔं' कार्यक्रम अझ प्रभावकारी बनाइनेछ।

* संसदको निर्वाचन क्षेत्र विकास कोषमा वृद्धि गरिनेछ।

* सरकारी शुल्कलाई ई–भुक्तानी प्रणालीमा ढालिनेछ। यसको परीक्षण कार्य एकबर्ष भित्रै थालिने छ।

* शान्ति सम्झौतामा उल्लेख भएअनुसार सशस्त्र द्वन्द्व र आन्दोलनमा घाइते भएकाको उपचार र राहतको व्यवस्था गरिनेछ ।

* नेपालको आफ्नै भू उपग्रहको विकासको काम थालिनेछ। दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको बिस्तार गरिनेछ।

* मध्य-पहाडी लोकमार्ग तथा हुलाकी राजमार्गमा अप्टिकल फाइवर बिस्तार गरिनेछ।

* गोरखापत्रको क्षेत्रीय प्रकाशन पूर्वमा विराटनगर र पश्चिममा बाँकेको कोहलपुरबाट सुरू गरिनेछ।

* प्रत्येक प्रदेशमा एउटा रंगशाला वा एउटा कभर्ड हल निर्माण गरिने।

प्रकाशित: २६ वैशाख २०७३ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App