२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वेवसाइट उद्घाटन गर्न गएका मन्त्री नै रिसाएपछि...

काठमाडौं– त्रिपुरेश्वरस्थित उद्योग विभागको माथिल्लो तल्लाको सानो हल। ड्यासमा उपस्थित उद्योग मन्त्री सोमप्रसाद पाण्डे, उद्योग सचिव सुर्यप्रसाद सिलवाल, उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेलगायत।

som.jpg

दर्शकदिर्घामा उद्योग विभागअन्तर्गतका कर्मचारी। कार्यक्रमको विषय थियो, उद्योग विभागको नयाँ वेवसाइटको शुभारम्भ।

करिब ४ महिनाअघि नै तत्काल बनाउने निर्णय भएको र हालै मात्रै निर्माण पूरा भएको उद्योग विभागको सम्पूर्ण जानकारी र अनलाइन आवेदन भर्न सकिने सुविधासहितको नयाँ वेभसाइट उद्घाटन कार्यक्रमका प्रमुख अतिथिको रुपमा डाकिएका थिए, उद्योगमन्त्री पाण्डे। वेभसाइटको उद्घाटन भयो। औपचारिक मन्तव्य राख्ने क्रम पनि शुरु भयो।

तर, ड्यासमा बसेका उद्योगमन्त्रीले हलभरी नजर डुलाउँदा एकभन्दा बढी पत्रकार देखेनन्। उद्योगी, व्यवसायी, लगानीकर्ता, सर्वसाधारणलगायतलाई जनाकारी दिन शुरु गरिएको वेवसाइटका विषयमा लेखिदिने एकभन्दा बढी पत्रकारहरु नै कार्यक्रममा उपस्थित नै थिएनन् त्यसैले उनले नदेख्नु पनि स्वभाविक नै थियो।

प्रमुख अतिथिका आशनमा रहेको मन्त्री पाण्डेको मन्तव्व राख्ने पालो आयो। उनले नरम भाषामै कार्यक्रमको व्यवस्थापनि प्रति चर्को असन्तुष्टि जनाए। 'उद्योग विभागको वेवसाइट उद्घाटन गर्ने कार्यक्रममा पत्रकार नै उपस्थित छैनन्,' मन्त्रीले असन्तुष्टि पोखे, 'जति राम्रो वेवसाइट बनाए पनि सरोकारवालाहरुले थाहा पाउन सकेनन् भने त्यसको के अर्थ हुन्छ ? सानो कोठामा आयोजना गरिएको यो कार्यक्रम विभागकै एउटा नियमित वैठकभन्दा फरक भएन।'

कार्यक्रम आयोजना गर्ने सोच र शैली पुरानो भएको भन्दै उनले उक्त सोच र शैलीबाट अघि बढेर चुस्त दुरुस्त नदेखिए देशको आर्थिक विकास नै हुन नसक्ने समेत बताए। 'तपाईंहरु जिम्मेवारी ठाउँमा हुनुहुन्छ। देशको औद्योगिक विकासको जिम्मा तापईंहरुको हातमा छ,' उनले आक्रोशित हुँदै भने, 'तपाईंहरुले नै आफूलाई परिमार्जन गर्नु भएन भने कसरी हुन्छ औद्योगिक विकास?'

मन्त्री पाण्डेको आक्रोशलाई विभागका महानिर्देक महेश्वर न्यौपानेको भनाइले केही शान्त पारेको थियो। 'यो वेवसाइट उद्घाटन र सफ्टवेयर परीक्षण कार्यक्रम भएकोले विभागको हलमै आयोजना गरिएको हो,' उनले भने, 'अनलाईन पूर्ण सञ्चालनमा आउने बेलामा राम्रै कार्यक्रम गरेर यसको प्रचार प्रसार पनि गर्न सक्छौं।'

प्रकाशित: २२ वैशाख २०७३ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App