coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाउँपालिका अध्यक्ष यादवमाथि हमला

आक्रमणमा परेर क्षतिग्रस्त अध्यक्ष यादव सवार गाडि। तस्विर: जशवन्त यादव।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि हमला भएको छ।  घट्नामा अध्यक्ष यादव जोगिए पनि उनीसंग गाडिमा सवार २ जना घाइते भएका छन्।  

आइतबार साँझपँचगाँवा वडा नं २ मा रहेको गाउँपालिकाको र्यालयबाट वडा नंं ६ एकडर्वास्थित घर फर्किंदै गर्दा यादवमाथि रड र लाठी फट्ठा बोकेको एउटा समुहले आक्रमण गरेको उनले बताए।  

गाउँपलिकाको कार्यालयबाट घर फर्किन लागेको थिए, बलुवागाउँ नजिक ममाथी संघातिक अक्रमण भयो,ज्यान मार्ने उद्देश्यले ममाथि आक्रमण भएको लागेको छ,’ अध्यक्ष यादवले भने, ‘१०/१२ जनाको संख्यामा उनीहरु आएका थिए, आचानक हामीमाथी आक्रमण गरे, संयोगले मलाई केही भएन, तर मसंगै रह्नु भएका दुई जना घाइते भएका छन्।’ अध्यक्ष यादवसँगै रहेका स्थानीय ऋषिकुमार सहनी र पालिकाका कर्मचारी नगेन्द्रप्रसाद यादव घाइते भएका छन्। पर्सा प्रहरीका अनुसार सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा घाउ लागेको छ। आक्रमण गर्नेहरुले आधा दर्जन मोटरसाइकल पनि फुटाएका छन्।  

आक्रमणमा अध्यक्ष यादव सवार रहेको गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीमा क्षति पुगेको छ। सरकारी नम्बरको उक्त गाडिका सिसाहरु फुटेका छन् भने ना २ च ८६६ नम्बरको अर्को निजी दर्ता नम्बरको कार आगजनीमा ध्वस्त भएको छ। जलेको कारको  अवशेष मात्र बाँकी छ।  

गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप जयसवालका भाइ प्रमोद जयसवाल नेतृत्वका मानिसहरुले आफूलाई मार्ने प्रयास गरेको अध्यक्ष यादवले आरोप लगाए। ‘यसका पछाडि राजनीतिक प्रतिषोध या अन्य कारण हुन सक्छ तर यो विशुद्ध रुपमा अपराधिक घट्ना हो, अध्यक्ष यादवले भने, ‘मैले तुरुन्तै यसको जानकारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गराए र सुक्षाकर्मीहरुको टोली चाँडै घट्नास्थलमा आइपुगेका थिए।’

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए। त्यस अगाडि दिउँसो गाउँपािलकाको कार्यालयमा झैझगडा गर्ने एक जना पक्राउ परेको उनले बताए। ‘जम्मा चार जनालाई हामीले नियन्त्रणमा लिएका छौ, निकालिएका करारका कर्मचारीले फेसबुकमा जथाभावि लेखेको, कमेन्टमैं चर्को वादविवाद भएको जस्ता घट्नाक्रम बढ्दै जाँदा दिउँसो करिब ३ बजे कार्यालयमा गएर विवाद गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो,’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘अहिले स्थिति नियन्त्रित छ। हामी अनुसन्धान गरीरहेका छौं।’

प्रकाशित: १० आश्विन २०७९ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App